नयाँ टेष्ट वरियता सार्वजनिक, करियरकै उत्कृष्ट स्थानमा उक्लिए पन्त

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जारी गरेको नयाँ टेष्ट वरियतामा पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजम तीन स्थान तल खस्किएका छन् ।

योभन्दा पहिले छैटौँ स्थानमा रहेका उनी अहिले तीन स्थानको नोक्सानमा नवौँ स्थानमा खस्केका हुन् ।

आईसीसीले जारी गरेको टेष्ट वरियताको शीर्ष स्थानमा न्यूजिल्याण्डका कप्तान केन विलियम्सन शीर्ष स्थानमा रहेका छन् । उनी ९ सय १९ अंकका साथमा शीर्ष स्थानमा कायमै रहेका हुन् ।

आईसीसीले जारी गरेको नयाँ टेष्ट वरियताको दोस्रो स्थानमा अष्ट्रेलियाका स्टिभ स्मिथ रहेका छन् । उनको नाममा ८ सय ९१ अंक रहेको छ ।

त्यस्तै, तेस्रो स्थानमा अष्ट्रेलियाका ब्याट्सम्यान मार्नश लाबुशेन रहेका छन् । उनी ८ सय७८ अंकका साथमा तेस्रो स्थानमा छन् ।

त्यस्तै, यो सूचीको चौथो स्थानमा ८ सय ३१ अंकका साथमा इंग्ल्याण्डका कप्तान जो रुट छन् ।

आईसीसीले जारी गरेको नयाँ टेष्ट वरियतामा भारतीय टिमका कप्तान विराट कोहली पाँचौ स्थानमा छन् । उनी ८ सय १४ अंकका साथमा पाँचौ स्थानमा रहेका हुन् ।

आईसीसीले जारी गरेको नयाँ टेष्ट वरियताको छैटौँ स्थानमा ऋषभ पन्त, हेनरी निकोल्स र रोहित शर्मा रहेका छन् ।

यी तिनै खेलाडीको नाममा समान ७ सय ४७ अंक छ ।

त्यस्तै, दसौँ स्थानमा अष्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान डेविड वार्नर रहेका छन् । उनको खातामा ७ सय २४ अंक छ ।

नयाँ वरियताको टप-१० मा स्थान बनाउन सफल ब्याट्सम्यान :

Loading...