वेष्ट इण्डिजका १८ खेलाडी केन्द्रीय अनुबन्धमा समावेश, हेटमायरसहित महत्वपूर्ण सदस्य रिलिज

काठमाडौं- वेष्ट इण्डिज क्रिकेट बोर्डले २०२१/२२ को केन्द्रीय अनुबन्धमा समवोश खेलाडीको नाम सार्वजनिक गरेको छ ।

बोर्डले केही नयाँ खेलाडीलाई केन्द्रीय अनुबन्धमा समावेश गर्दै सूची सार्वजनिक गरेको हो ।

क्रिकेट वेष्ट इण्डिजले बुधबार पहिलो पटक नक्रुम्हा बोन्नर, कायल मेयर्स, जोसुवा डिसिल्भा र अकिल हुसेनलाई केन्द्रीय अनुबन्धमा समावेश गरेको घोषणा गरेको हो ।

बोन्नर, डिसिल्भा र मेयर्स टेष्टमा र हुसेन टी-२० र एकदिवसीय टिमका लागि अनुबन्ध भएका हुन् । केही महत्वपूर्ण खेलाडीलाई भने बोर्डले केन्द्रीय अनुबन्धबाट रिलिज गरेको छ ।

रिलिज हुनेमा रोस्टन चेस, शिमरोन हेटमायर, शमराह ब्रुक्स, शेन डोरिच, सुनिल एम्ब्रीस, सेल्डन कोट्रेल, ब्रेण्डन किंग, किमो पउल, रोभम्यान पावेल, रोमारियो सेफर्ड र ओसेन थोमस रहेका छन् ।

सबै प्रारूपमा अनुबन्ध : जेसन होल्डर

टेष्ट क्रिकेटका लागि अनुबन्ध : क्रेग ब्राथवेट, जेर्मेन ब्ल्याकवुड, नकु्रम्हा बोन्नर, रहकीम कोर्नवाल, जोसुवा डिसिल्भा, श्यानन गेब्रयिल, कायल मेयर्स र केमार रोच ।

टी-२० र वानडेमा अनुबन्ध : किरण पोलार्ड, फाबियन आलेन, डारेन ब्रावो, साई होप, अकिल होसेन, इभन लुईस, अल्जारी जोसेफ, निकोलश पूरन र ह्याडन वाल्स जूनियर ।

Loading...