आईपीएल स्थगित भएपछि खेलाडीले पारिश्रमिक पाउने सम्भावना कति?

काठमाडौं- कोरोना कारण आईपीएलको १४ औँ सिजन अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

आईपीएल बीचमै स्थगित भएपछि खेलाडीलाई स्वदेश पठाउने काम भइरहेको छ । इंग्ल्याण्डका धेरै खेलाडी आफ्नो देश पुगिसकेका छन् ।

त्यस्तै, अष्ट्रेलियाका खेलाडीलाई स्वदेश पठाउने तयारी भइरहेको छ ।

आईपीएल बीचमै स्थगित भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)लाई करोडौँ घाटा भएको छ ।

त्यस्तै, ब्रोडकास्टरसहित प्रायोजकलाई पनि ठूलो आर्थिक नोक्सानी भएको सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच, सबैको मनमा एक प्रश्न रहेको छ आईपीएल स्थगित भएपछि खेलाडीले के सिजन अवधिभरको पारिश्रमिक पाउलान्? तलब पाउँछन् भने पनि कति पाउँछन्? कहिले पाउँछन्? इत्यादि प्रश्न क्रिकेट सर्मथकको मनमा उब्जिएको हुन सक्छ ।

स्पोट्स मेलको एक रिपोर्टअनुसार आईपीएलमा अनुवन्ध भएका खेलाडीलाई तीन किस्ताको रूपमा तलब दिइने छ ।

जसमा दोस्रो किस्ता आईपीएलको पूरा सिजन भएपछि र अन्तिम किस्ता आईपीएल खेलेको वर्ष पूरा भएपछि मिल्ने छ ।

आईपीएलको २०२१ म खेलाडीले पहिलो किस्ता पाइसकेका छन् । बाँकी दुई किस्ता भने पाउन धेरै समय कुर्नुपर्ने देखिन्छ ।

तत्काल आईपीएल २०२१ का बाँकी म्याच हुने सम्भावना छ । भारतीय सञ्चारमाध्यमका अनुसार आउँदो सेप्टेम्बरमा आईपीएलका बाँकी म्याच हुन सक्छन् ।

आईपीएल २०२१ को संस्करण भारतमै भइरहेको थियो ।

तर, खेलाडी तथा टिम स्टाफलाई कोरोना पुष्टि भएपछि अनिश्चितकालका लागि आईपीएल स्थगित गरिएको छ ।

२९ म्याच सकिँदा स्थगित भएको आईपीएलमा शीर्ष स्थानमा दिल्ली क्यापिटल्स थियो ।

उसले ८ म्याच खेल्दा दुईमा हार र ६ खेलमा जित हासिल गरेको थियो ।

Loading...