CPL : नाइट राइडर्सद्वारा १३ खेलाडी रिटेन, सन्दीपको सम्भावना कति?

काठमाडौं- आसन्न सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल)का लागि ट्रीनबागो नाइट राइडर्सले खेलाडी रिटेन गरेको छ । उसले आज १३ खेलाडी रिटेन गरेको हो ।

आसन्न सिजनको सीपीएलमा पनि ट्रीनबागो नाइट राइडर्सको कप्तानी किरण पोलार्डले नै गर्नेछन् । उनको कप्तानीमा गत सिजनमा नाइट राइडर्सले उपाधि जितेको थियो ।

सो सिजनमा नाइट राइडर्सले एक म्याच पनि हारेको थिएन ।

नाइट राइडर्सले रिटेन गरेका खेलाडी : किरण पोलार्ड (कप्तान), लिन्डल सिमोन्स, सुनिल नारायण, डारेन ब्रावो, दिनेश रामदिन, कोलिन मुनरो, सिकन्दर राजा, अलि खान, अकिल हुसेन, एण्डरसन फिलिप, टिओन वेबस्टार, जाडेन सेल्स र ख्यारी पियरी ।

यो पटकको सीपीएल २८ अगस्टदेखि सुरू हुनेछ । सीपीएल २०२१ को संस्करणको आयोजना सेन्ट किट्स नेभिसले गर्नेछ । सेन्ट किट्समा कोरोना संक्रमण दर निकै कम छ ।

सन्दीपको सम्भावना कति?

सीपीएलको पछिल्लो तीन संस्करणमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले लगातार सहभागिता जनाइरहेका छन् ।

उनले जमैका तल्लावाज, सेन्ट किट्स नेभिस प्यट्रियट्स र बार्बाडोस ट्राइडेन्टसबाट सीपीएल खेलिसकेका छन् ।

सन्दीपले गत सिजनको सीपीएलमा उत्कृष्ट बलिङ गरेका थिए । गत संस्करणमा उनी सर्वाधिक विकेट लिने सूचीको सातौँ स्थानमा रहेका थिए ।

सन्दीपले सीपीएल २०२० मा ११ म्याचमा २११ रन दिएर १२ विकेट लिएका थिए ।

यो पटक पनि सन्दीपले सीपीएल खेल्ने सम्भावना छ । गत सिजनमा राम्रो प्रदर्शन गरेकाले सन्दीपलाई जमैकाले रिटेन गर्न सक्छ ।

Loading...