आईपीएल स्थगित भएपछि यस्तो भन्छन् कप्तान शर्मा

काठमाडौं- आईपीएलको १४ औँ सिजन अनिश्चितकालका लागि स्थगित भएपछि मुम्बई इण्डियन्सका कप्तान रोहित शर्माले आफ्नो प्रतिक्रिया दिएका छन् ।

रोहितले बीसीसीआईको निर्णयलाई समर्थन गरेका छन् । उनले भनेका छन्, ‘यो अवस्थाामा यो फैसला लिनु मेरो हिसाबमा एकदमै सही निर्णय रहेको थियो ।’ उनले सबैलाई सुरक्षित रहन र मजबुद बन्न पनि सुझाव दिएका छन् ।

रोहितले मुम्बई इण्डियन्सको अफिसियल ट्वीटर हेन्डलमा आफ्नो प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘देशमा चारैतिर कोरोना भाइरस तीव्र गतिमा फैलिरहेकाले यसबीचमै आईपीएल स्थगित गर्नु सही निर्णय हो । अवस्थामा सुधार नहुँदा हामी जहाँ छौँ, सबै सुरक्षित बसौँ ।’

रोहितले आफ्नो प्रतिक्रिया एक भिडियोमा दिएका हुन् । जसलाई मुम्बई इण्डियन्सले आफ्नो ट्वीटर हेन्डलमा सेयर गरेको छ । अहिले मुम्बई सबै खेलाडी आफ्नो घर गइसकेका छन् ।

यो सिजनमा मुम्बईले आफ्नो ७ म्याच खेल्दै तीनमा हार र चार खेलमा जित हासिल गरेको छ । मुम्बई ८ अंकका साथ तालिकाको चौथो स्थानमा छ ।

मुम्बई आईपीएलमा सबैभन्दा बढी उपाधि जित्ने टिम हो । रोहित नेतृत्वको मुम्बईले हालसम्म पाँच पटक आईपीएल ट्रफी हात पारेको छ ।

Loading...