दुई देशविरुद्धका लागि भारतको टिम घोषणा हुँदै, यी खेलाडीले पाउन सक्छन् मौका

काठमाडौं- भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आज टेष्ट च्याम्पियनशिपका लागि खेलाडी चयन गर्ने सम्भावना छ ।

भारतले आउँदो १८ देखि २२ जूनसम्म इंग्ल्याण्डमा न्यूजिल्याण्डविरुद्ध टेष्ट च्याम्पियनशिपको फाइनल खेल्दैछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पृथ्वी शा, रवीन्द्र जडेजा, हनुमा बिहारी, मोहम्मद शामीले कमब्याक गर्ने सम्भावना छ ।

जडेजा, बिहारी र शामीले चोटका कारण इंग्ल्याण्डसँगको टेष्ट सिरिज गुमाएका थिए ।

पृथ्वीलाई भने खराब लयका कारण इंग्ल्याण्डसँगको टेष्ट सिरिजमा समावेश गरिएको थिएन । तर, उनी पछिल्लो समय उत्कृष्ट लयमा छन् ।

१४औँ सिजनको आईपीएलमा २९ म्याच सकिँदा पृथ्वीले राम्रो प्रदर्शन गरिरहेका थिए ।

साथै, राष्ट्रिय टिममा समावेश नभएपछि पृथ्वीले घरेलु प्रतियोगिता विजय हजारे ट्रफीमा शानदार प्रदर्शन गरेका थिए ।

उत्कृष्ट लयमा रहेका उनी टिममा कमब्याक गर्ने सम्भावना बलियो छ ।

त्यस्तै, पछिल्लो केही महिनायता राम्रो प्रदर्शन गरिरहेका प्रशिद्ध कृष्णा पनि टेष्ट टिममा समावेश हुन सक्छन् ।

अन्य तीव्र गतिका बलरमा जसप्रीत बुमराह, नवदीप सैनी, उमेश यादव, इशान्त शर्मा, मोहम्मद सिराज, शार्दुल ठाकुर, मोहम्मद शामीले टिममा अवसर पाउने सम्भावना प्रवल छ ।

स्पिनरको रूपमा भने बीसीसीआईले रविचन्द्रन आश्विन, रवीन्द्र जडेजा, वासिङ्टन सुन्दर र अक्षर पटेललाई मौका दिन सक्छ ।

कुलदीप यादव खराब लयमा रहेकाले यसपालि उनले टिममा मौका पाउने सम्भावना कमजोर छ ।

टेष्ट च्याम्पियनशिप फाइनलपछि भारतले इंग्ल्याण्डसँग चार खेलको टेष्ट सिरिज खेल्ने छ । सो सिरिज पनि यो टिम नै खेल्नेछ ।

ओपनर : रोहित शर्मा, पृथ्वी शा, शुभमन गिल, केएल राहुल र मयंक अग्रवाल ।

मिडिल अर्डर : विराट कोहली, चेतेश्वर पुजारा, अजिंक्य रहाणे, हनुमा विहारी, हार्दिक पाण्ड्या ।

विकेटकीपर : ऋषभ पन्त, ऋद्धिमान साह, केएल भरत ।

स्पिनर : रविचन्द्रन अश्विन, रवीन्द्र जडेजा, अक्षर पटेल र वासिङ्टन सुन्दर ।

तीव्र गतिमा बलर : मोहम्मद शामी, जसप्रीत बुमराह, इशान्त शर्मा, मोहम्मद सिराज, शार्दुल ठाकुर, उमेश यादव, नवदीप सैनी र प्रसिद्ध कृष्णा ।

Loading...