न्यूजिल्याण्ड र इंग्ल्याण्डसँग टेष्ट खेल्न भारतको टिम घोषणा

काठमाडौं- भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आज टेष्ट च्याम्पियनशिप र इंग्ल्याण्डसँगको टेष्ट सिरिजका लागि टोली घोषणा गरेको छ ।

बीसीसीआईले आज विराट कोहलीको नेतृत्वमा २० सदस्यीय टोली घोषणा गरेको हो ।

उत्कृष्ट लयमा रहेका पृथ्वी शाले फेरि पनि टिममा मौका पाएका छैनन् । उनले पछिल्लो संस्करणको विजय हजारे ट्रफी र १४औँ सिजनको आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

चोटका कारण भारतमा भएको इंग्ल्याण्डसँगको टेष्ट सिरिज नखेलेका रवीन्द्र जडेजा, हनुमान बिहारी र मोहम्मद शामीले पनि कमब्याक गरेका छन् ।

स्पिनर कुलदीप यादव भने टिमबाट बाहिरिएका छन् ।

इंग्ल्याण्ड भ्रमणमा स्पिनरको रूपमा अक्षर पटेल, रविचन्द्रन आश्विन, रवीन्द्र जडेजा र वासिङ्टन सुन्दरले मौका पाएका छन् ।

भारतले आउँदो १८ देखि २२ जूनसम्म इंग्ल्याण्डमा न्यूजिल्याण्डविरुद्ध टेष्ट च्याम्पियनशिपको फाइनल खेल्दैछ ।

त्यसपछि भारतले इंग्ल्याण्डसँग पाँच खेलको टेष्ट सिरिज खेल्नेछ । सो सिरिज ४ अगस्टदेखि १४ सेप्टेम्बरसम्म हुनेछ ।

भारतको घोषित टिम : विराट कोहली (कप्तान), अजिंक्य रहाणे (उपकप्तान), रोहित शर्मा, शुभमन गिल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, हनुमा बिहारी, ऋषभ पन्त (विकेटकीपर), रविचन्द्रन अश्विन, रवीन्द्र जडेजा, अक्षर पटेल, वाशिङ्टन सुन्दर, जसप्रीत बुमराह, इशान्त शर्मा, मोहम्मद शामी, मोहम्मद सिराज, शार्दुल ठाकुर र उमेश यादव ।

केएल राहुल र ऋद्धिमान साह (फिटनेस टेष्ट पास हुन बाँकी)

Loading...