चोपडाले छाने आईपीएल विदेशी प्लेइङ-११, को-कोलाई दिए मौका?

काठमाडौं- भारतीय पूर्वक्रिकेटर तथा वर्तमान कमेन्टेटर आकाश चोपडाले आईपीएल २०२१ को विदेशी खेलाडीको प्लेइङ-११ को चयन गरेका छन् ।

आकाशले आफ्नो युट्युब च्यानलमार्फत् १४औँ सिजनको आईपीएलको विदेशी प्लेइङ-११ चयन गरेका हुन् ।

यो सिजन २९ म्याच खेल्दै स्थगित गरिएको छ । २९ म्याच सकिँदा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समावेश गर्दै आकाशले प्लेइङ-११ चयन गरेका हुन् ।

उनले आफ्नो टिममा ओपनिङको जिम्मा चेन्नई सुपर किंग्स (सीएसके)का ब्याट्सम्यान फाफ डुप्लेसिस र राजस्थान रोयल्सका जोस बटलरलाई दिएका छन् ।

यी दुवै ब्याट्सम्यानले यो सिजनमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

त्यस्तै, चोपडाले आफ्नो प्लेइङ-११ को तेस्रो स्थानमा सीएसकेका अलराण्डर मोइन अलीलाई राखेका छन् । उनले यो सिजनमा बलिङ/ब्याटिङ दुवैमार्फत आफ्नो टिमलाई महत्वपूर्ण योगदान दिएका थिए ।

आकाशले चौथो स्थानमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)का ब्याट्सम्यान ग्लेन म्याक्सवेलाई मौका दिएका छन् । उनले आरसीबीका लागि उत्कृष्ट ब्याटिङ गरिरहेका थिए ।

त्यस्तै, चोपडाले पाचौँ स्थानमा आरसीबीकै विस्फोटक ब्याट्सम्यान एबी डिभिलियर्सलाई राखेका छन् । यो सिजनमा उनको प्रदर्शन पनि उत्कृष्ट रह्यो ।

आकाशले आफ्नो टिममा अलराण्डरको भूमिकामा किरण पोलार्ड, क्रिस मोरिस, साम करन र आन्द्रे रसेललाई राखेका छन् ।

त्यस्तै, उनले स्पिनर बलरको रूपमा राशिद खानलाई समावेश गरेका छन् । आकाशले तीव्र गतिको बलरको रूपमा ट्रेन्ट बोल्टलाई मौका दिएका छन् ।

आकाशले चयन गरेको विदेशी खेलाडीको आईपीएल प्लेइङ-११ : फाफ डुप्लेसिस, जोस बटलर, मोइन अली, ग्लेन म्याक्सवेल, एबी डिभिलियर्स, किरण पोलार्ड, आन्द्रे रसेल, क्रिस मोरिस, साम कुरान, राशिद खान र ट्रेन्ट बोल्ट ।

Loading...