भारतले श्रीलंकासँग सिरिज खेल्न ‘बी’ टिम पठाउने, यी खेलाडी बन्न सक्छन् कप्तान

काठमाडौं- भारतले श्रीलंकासँग एकदिवसीय र टी-२० सिरिज खेल्नका लागि ‘बी’ टिम पठाउने भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अध्यक्षले श्रीलंका भ्रमणमा ‘बी’ टिम पठाउने समेत बताइसकेका छन् ।

अध्यक्ष गांगुलीकाअनुसार भारतीय ‘बी’ टिम जुलाई अन्तिमतिर सिरिज खेल्न श्रीलंका जानेछ । भारतीय ‘बी’ टिममा नियमित सदस्यहरू विराट कोहली, रोहित शर्मा, जसप्रीत बुमराह, केएल राहुल, ऋषभपन्तलगायत खेलाडी हुने छैनन् ।

उनीहरू त्यसबेला अगस्टमा हुने पाँच खेलको टेष्ट सिरिजका लागि इंग्ल्याण्डमै हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नियमित खेलाडी टेष्टमा व्यस्त भएकाले बेला श्रीलंका भ्रमणमा नयाँ खेलाडीले अवसर पाउने सम्भावना छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार श्रीलंका भ्रमणमा शिखर धवन, पृथ्वी शा, सूर्यकुमार यादव, सञ्जु सामसन, इशान किशन, हार्दिक पाण्ड्या, देवदत्त पाडिक्कल, दीपक चाहर, युजवेन्द्र चहल, राहुल तेवटिया, राहुल चाहर, हर्षल पटेलले मौका पाउने सम्भावना छ ।

यीमध्ये धेरैले आईपीएल २०२१ म २९ म्याच सकिँदा राम्रो प्रदर्शन गरेका थिए ।

श्रीलंका भ्रमणमा शिखर धवन वा पृथ्वी शामध्ये एकले कप्तानी पाउने सम्भावना छ । शिखरले यसअघि आईपीएलमा सनराइजर्स हैदराबाद तथा विभिन्न घरेलु क्रिकेट प्रतियोगितामा कप्तानी गरिसकेका छन् ।

साथै, पृथ्वीले आफ्नो कप्तानीमा यू-१९ विश्वकप जिताउनुका साथै यो सिजनको विजय हजारे ट्रफी पनि जिताएका थिए ।

Loading...