को बन्ला भारतीय ‘बी’ टिमको कोच? पूर्वकप्तानको छ चर्चा

काठमाडौं- आगामी जुलाईमा भारतीय टिम टी-२० र एकदिवसीय सिरिज खेल्न श्रीलंका जाँदैछ ।

यो भ्रमणका क्रममा दुवै टिमले तीन वटा टी-२० र तीन वटा वानडे म्याच खेल्ने छन् ।

यस सिरिजमा भारतका पूर्वकप्तान राहुल द्रविडलाई प्रशिक्षक बनाउने तयारी थालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

श्रीलंका र भारतबीच १३, १६ र १९ जुलाईमा वानडे सिरिज हुनेछ । त्यसपछि २२ र २७ जुलाईमा टी-२० म्याच हुनेछ । यो टूर ५ जुलाईदेखि २८ जुलाईसम्म चल्नेछ ।

श्रीलंका टूरमा भारतले ‘बी’ टिमलाई पठाउने चर्चा पनि चलिरहेको छ ।

किनकि, यही समय भारतको ‘ए’ टिमले १८ जुलाईमा न्युजिल्यान्ड विरुद्ध वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनल खेल्नेछ ।

त्यसपछि अगस्टमा इंग्ल्याण्डविरुद्ध ५ म्याचको टेस्ट सिरिज पनि खेल्नेछ । रवि शास्त्री टिमसँगै हुनेछन्, यस्तोमा टिमको प्रशिक्षक द्रविड हुन सक्छन् ।

द्रविडले यसअघि भारतको युवा टोलीलाई प्रशिक्षण दिएका थिए । उनको कार्यकालमा भारतले २०१८ मा यू-१९ विश्वकप जितेको थियो ।

द्रविडले यू-१९ मा प्रशिक्षण दिएका केही खेलाडी अहिले राष्ट्रिय टिममा छन् ।

Loading...