क्रिकेट खेल्न लागेको २२ वर्ष पुग्दा पनि संन्यास नलिने तीन चर्चित खेलाडी

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेटमा आएपछि सबै खेलाडीको लामो सयमसम्म खेल्ने सपना रहेको हुन्छ ।

कयौँ खेलाडीको यो सपना पूरा पनि भएको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरिसेकपछि खेलाडीको अर्को सपना टेष्ट क्रिकेट खेल्ने पनि हुन्छ ।

तर, यो सपना सबै खेलाडीलाई पूरा हुँदैन । हालसम्म अन्तर्राष्ट्रिय मान्यता टेष्टबाहेक एकदिवसीय र टी-२० गरी तीन क्रिकेट प्रारूपलाई दिइएको छ ।

केही खेलाडीले क्रिकेटबाट छिट्टै बिदा लिने गर्छन् । तर, केही खेलाडी भने यस्ता छन् जसले वर्षौंसम्म खेल्दा पनि संन्यास लिएका छैनन् ।

यसैबीच, क्रिकेट खेल्न २२ वर्ष पुग्दा पनि संन्यास नलिएका तीन क्रिकेटरको चर्चा गर्दैछौँ :

१. हरभजन सिंह : यो सूचीको पहिलो स्थानमा भारतीय चर्चित स्पिनर हरभजन सिंहको नाम आउँछ । उनले आफ्नो अन्तर्राष्ट्रिय करियरको सुरुवात सन् १९९८ मा गरेका थिए ।

हरभजनले भारतका लागि तीनै प्रारूप खेलेका छन् । उनले भारतका लागि १ सय ३ टेष्ट म्याच खेलेका छन् । जसमा उनले ४ सय १७ विकेट आफ्नो नाममा गरेका छन् ।

त्यस्तै, हरभजनले २ सय ३६ वानडे म्याच खेलेका छन् । जसमा उनले २ सय ६९ विकेट लिएका छन् । उनले २८ अन्तर्राष्ट्रिय टी-२० म्याच खेलेका छन् । जसमा हरभजनले २५ विकेट लिएका छन् ।

हरभजनले भारतका लागि अन्तिम पटक २०१६ मा अन्तर्राष्ट्रिय म्याच खेलेका थिए । उनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरको सुरुवात गरेका २२ वर्षभन्दा बढी भइसकेको छ । तर, उनले आजसम्म पनि अन्र्तराष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरिकसकेका छैनन् ।

२. क्रिस गेल : वेष्ट इण्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले आफ्नो अन्तर्राष्ट्रिय करियरको सुरुवात सन् १९९९ मा गरेका थिए । उनी आजसम्म पनि टी-२० क्रिकेट खेल्दै आइरहेका छन् ।

गेलले वेष्ट इण्डिजका लागि अन्तर्राष्ट्रिय क्रिकेटको तीनै प्रारूप खेलेका छन् । उनले वेष्ट इण्डिका लागि १ सय ३ टेष्ट म्याच खेलेका छन् । जसमा उनले ७ हजारभन्दा बढी रन बनाएका छन् ।

त्यस्तै, गेलले आफ्नो वानडे करियरमा १० हजारभन्दा बढी रन बनाएका छन् । त्यस्तै, उनको नाममा अन्तर्राष्ट्रिय टी-२० म्याचमा १ हजार ६ सय ५६ रन छ ।

गेलले आफ्नो अन्तर्राष्ट्रिय करियरको सुरुवात गरेको २२ भइसकेको छ । तर, उनले आजसम्म पनि संन्यासको घोषणा गरेका छैनन् ।

३. मिताली राज : भारतीय क्रिकेट टिमकी महिला क्रिकेटर मिताली राजले आफ्नो अन्तर्राष्ट्रिय करियरको सुरुवात सन् १९९९ मा गरेकी थिइन् । उनले भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेटको तीनै प्रारूप खेलेकी छन् ।

मितालीले भारतका लागि अन्तर्राष्ट्रिय टेष्ट क्रिकेटमा दोहोरो शतक पनि बनाएकी छन् । उनले टेष्ट क्रिकेटमा ६ सय ६३ रन बनाएकी छन् ।

त्यस्तै, मितालीले आफ्नो वानडे करियरमा ७ हजारभन्दा बढी रन बनाएकी छन् । त्यस्तै, उनले अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा २ हजारभन्दा बढी रन बनाएकी छन् ।

मितालीले आफ्नो अन्तर्राष्ट्रिय करियरको सुरुवात गरेको २२ वर्ष भइसकेको छ । तर, उनले आजम्म संन्यासको घोषणा गरेकी छैनन् ।

Loading...