आयरल्याण्डविरुद्ध सस्तैमा समेटियो नेदरल्याण्ड्स

काठमाडौं- तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा आयरल्याण्ड ‘ए’विरुद्ध नेदरल्याण्ड्स ‘ए’ टिम १०५ रनमै अलआउट भएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्स २८.५ ओभरमा अलआउट भयो ।

उसका लागि स्टिफन माइवर्गले १७, र्यान कलिनले १८ आर्यन दत्तले १४, इन्टोनियस स्टाल र एम नदीमले १३/१३ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा ग्रिम म्याककार्टरल एक्लैले सर्वाधिक ६ विकेट लिए ।

उनले ९.५ ओभरमा ३२ रन दिएर ६ विकेट लिएका हुन् ।

‘अनअफिसियल सिरिज’को दोस्रो खेलमा हिजो (बुधबार) नेदरल्याण्ड्सले आयरल्याण्डलाई ५ विकेटले हराएको थियो ।

Loading...