टी-२० विश्वकपमा टिमको संख्या २० पुर्‍याउने आईसीसीको तयारी

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले विश्वकपमा सहभागी टीमको संख्या बढाउने तयारी थालेको छ ।

आईसीसीले सन् २०२४ को टी-२० का लागि संख्या बढाएर २० सहभागी गराउने तयारी थालेको हो ।

केही समयअघि वानडे विश्वकपमा सहभागी हुने टिमको संख्या १४ पुर्‍याउने निर्णय गरेको थियो ।

आईसीसीले टी-२० विश्वकपमा पनि सहभागी हुने टिमको संख्या वृद्धि गर्ने तयारी थालेको हो । यो वर्ष हुने टी-२० विश्वकपमा १६ टिमले सहभागिता जनाउँदैछन् ।

सन् २०२४ मा हुने विश्वकपमा भने २० टिमलाई सहभागी गराउने तयारी भइरहेको इएसपीएनक्रीकइन्फोले जनाएको छ ।

सहभागी टिमलाई चार समूहमा विभाजन गरेर समूह चरण खेलाइने आईसीसीको योजना छ । यदि नयाँ योजना लागू भएमा एसोसियट देशलाई पनि विश्वकपमा सहभागि जनाउन राहत मिल्ने छ ।

तस्बिर : कान्तिपुर

यदि विश्वकपमा २० टिमले खेल्ने निर्णय भएमा नेपालसहित अन्य एसोसियट राष्ट्रलाई फाइदा हुनेछ । हाल नेपाल आईसीसी वरियताको १२औँ स्थानमा छ ।

Loading...