अष्ट्रेलिया र वेष्ट इण्डिजले सिरिज खेल्ने, यस्तो छ खेल तालिका

काठमाडौं- अष्ट्रेलिया क्रिकेट टिम एकदिवसीय र टी-२० सिरिजका लागि वेष्ट इण्डिजको भ्रमण गर्ने भएको छ ।

अष्ट्रेलियाको टिम पाँच वर्षपछि वेष्ट इण्डिजको भ्रमण गर्न लागेको हो ।

अष्ट्रेलिया र वेष्ट इण्डिजबीच पाँच टी-२० र तीन एकदिवसीय म्याचको सिरिज खेल्नेछन् । यी दुई टोलीबीचका म्याच ९ जुलाईदेखि २४ जुलाईसम्म बार्बाडोस र सेन्ट लुसियामा हुनेछन् ।

अष्ट्रेलिया र वेष्ट इण्डिज यही वर्ष भारतमा हुने टी-२० विश्वकपको लागि तयारी गरिरहेका छन् ।

आईपीएल खेलिरहेका अष्ट्रेलियाका धेरै खेलाडी आईपीएल अश्चितकालका लागि स्थगित भएपछि उनीहरू माल्दिभ्समा छन् ।

क्रिकेट अष्ट्रेलिया र भारतीय कन्ट्रोल बोर्ड (बीसीसीआई) अष्ट्रेलियाका खेलाडीलाई घर पठाउने बाटो खोजिरहेका छन् ।

अष्ट्रेलिया क्रिकेट टिमले कारोना महामारीपछि पर्याप्त क्रिकेट खेल्न सकेको छैन । पछिल्लो वर्ष अष्ट्रेलियाले इंग्ल्याण्डको भ्रमण गरेको थियो ।

त्यसपछि भारतले अष्ट्रेलियाको भ्रमण गरेको थियो । त्यसपछि अष्ट्रेलियाले धेरै अन्तर्राष्ट्रिय सिरिज खेलेको छैन ।

अष्ट्रेलिया र वेष्ट इण्डिजबीचको खेल तालिका :

पहिलो टी-० म्याच ९ जुलाई

दोस्रो टी-२० म्याच १० जुलाई

तेस्रो टी-२० म्याच १२ जुलाई

चौथो टी-२० म्याच १४ जुलाई

पाँचौ टी-२० म्याच १६ जुलाई

पहिलो वानडे म्याच २० जुलाई

दोस्रो वानडे म्याच २२ जुलाई

तेस्रो वानडे म्याच २४ जुलाई

Loading...