दोस्रो टेष्टमै अक्षर पटेलले बनाए विश्वकीर्तिमान

काठमाडौं- भारतीय टिमका स्पिनर अक्षर पटेलले डे-टेष्ट नाइटमा नयाँ कीर्तिमान बनाएका छन् । उनले डे-नाइट टेष्टको एक म्याचमा उत्कृष्ट बलिङ प्रदर्शन गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

अक्षरले यो उपलब्धि इंग्ल्याण्डसँगको जारी तेस्रो टेष्टमा हासिल गरे । उनले यो म्याचको दुई पारीमा कुल ११ विकेट लिए ।

अक्षरले पहिलोमा ६ र दोस्रो पारीमा पाँच विकेट हात पारे । उनको यो दोस्रो टेष्ट म्याच हो । अक्षरले पहिलो टेष्टमा कुल सात विकेट लिएका थिए ।

यसअघि डे-नाइट टेष्टमा उत्कृष्ट बलिङ प्रदर्शन गर्ने कीर्तिमान अष्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सको नाममा थियो ।

उनले श्रीलंकाविरुद्ध ब्रिसबेनमा भएको डे-नाइट टेष्टमा ६२ रन खर्चेर १० विकेट लिएका थिए ।

यो पनि पढौं : अष्ट्रेलियाका यी ५ चर्चित क्रिकेटर, जसले नेपालविरुद्ध पनि खेलेका छन्

यो पनि पढौं : मार्टिन गुप्टिलले रचे इतिहास, बने यो ‘कीर्तिमान’ हासिल गर्ने पहिलो क्रिकेटर

 

Loading...