वेष्ट इण्डिजसँगको सिरिजका लागि अष्ट्रेलियाको टिम घोषणा, महत्वपूर्ण ८ खेलाडीको ‘कमब्याक’

काठमाडौं- वेष्ट इण्डिजविरुद्धको एकदिवसीय र टी-२० सिरिजका लागि अष्ट्रेलियाले टोली घोषणा गरेको छ ।

अष्ट्रेलियाले आज आरोन फिन्चको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हो ।

न्यूजिल्याण्डसँगको सिरिजमा नखेलेका महत्वपूर्ण ८ खेलाडी टिममा फर्किएका छन् ।

स्टिभ स्मिथ, डेविड वार्नर, प्याट कमिन्स, मिचेल स्टार्क, जोश हेजलउड, मोइसेस हेनरिक्स, एलेक्स क्यारी र मिचेल स्वीपसन टिममा फर्किएका हुन् ।

वेष्ट इण्डिजसँगको वानडे र टी-२० सिरिजमा मार्नश लाबुसेन र क्यामरन ग्रीनले भने मौका पाएका छैनन् । लाबुशेन अहिले इंग्ल्याण्डको काउन्टी च्याम्पियनशिपमा व्यस्त छन् ।

अष्ट्रेलिया टिमका खेलाडी छनोटकर्ता ट्रेवर होन्सले टी-२० विश्वकपको तयारीलाई ध्यानमा राख्दै टोली घोषणा गरिएको बताए ।

अष्ट्रेलियाले वेष्ट इण्डिजसँग पाँच खेलको टी-२० र तीन खेलको एकदिवसीय सिरिज खेल्ने छ ।

वेष्ट इण्डिज र अष्ट्रेलियाबीचको सिरिज ९ जुलाईदेखि सुरू हुनेछ । टी–२० र एकदिवसीय सिरिज बार्बाडोस र सेन्ट लुसियामा खेलिने छ । अष्ट्रेलिया पाँचवर्षपछि वेष्ट इण्डिजको भ्रमण गर्न लागेको हो ।

अष्ट्रेलिया र वेष्ट इण्डिजबीचको खेल तालिका :

पहिलो टी-० म्याच ९ जुलाई

दोस्रो टी-२० म्याच १० जुलाई

तेस्रो टी-२० म्याच १२ जुलाई

चौथो टी-२० म्याच १४ जुलाई

पाँचौ टी-२० म्याच १६ जुलाई

पहिलो वानडे म्याच २० जुलाई

दोस्रो वानडे म्याच २२ जुलाई

तेस्रो वानडे म्याच २४ जुलाई

वानडे र टी-२० सिरिजका लागि अष्ट्रेलियाको टिम : आरोन फिन्च (कप्तान) म्याथू वेड (विकेटकीपर), डेविड वार्नर, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, एश्टन एगर, जेसन बेहनडोर्फ, एलेक्स क्यारी (विकेटकीपर), प्याट कमिन्स, जोश हेजलवुड, मोइरिस हेनरिक्स, मिचेल मार्श, ग्लेन म्याकसवेल, रिले मेरिडिथ, जोश फिलिप, झय रिचर्डसन, केन रिचर्डसन, तनवीर सांघा, डार्सी शट, मिचेल स्वेप्सन, एन्ड्रु टाय, र एडम जम्पा ।

Loading...