११ वर्षपछि स्कटल्याण्डसँग खेल्दै नेदरल्याण्ड्स, टिममा यी खेलाडीले पाए मौका

काठमाडौं- नेदरल्याण्ड्सले स्कटल्याण्डसँगको दुई खेलको एकदिवसीय सिरिज लागि टोली घोषणा गरेको छ । उसले पीटर सीलारको कप्तानीमा १३ सदस्यीय टोली घोषणा गरेको हो ।

स्कटल्याण्ड र नेदरल्याण्ड्स ११ वर्षपछि एकदिवसीय म्याच खेल्न लागेका हुन् । यी दुई टिमले एक अर्काविरुद्ध अन्तिम पटक सन् २०१० मा खेलेका थिए ।

पछिल्लो पाँच म्याचमा स्टकल्याण्डविरुद्ध नेदरल्याण्ड्स एक खेलमा मात्र विजयी भएको छ । यद्यपि यो पटक घरेलु मैदानमै खेलिरहेकाले स्कटल्याण्डविरुद्धको सिरिज नेदरल्याण्ड्स कब्जा चाहन्छ ।

स्कटल्याण्डले भने नेदरल्याण्ड्सलाई उसकै घरेलु मैदानमा हराएर सिरिज जित्ने लक्ष्य लिएको छ । स्कटल्याण्डमा यो पटक कायल कोएट्जर कप्तान छन् ।

नेदरल्याण्ड्स-स्कटल्याण्डबीचको पहिलो एकदिवसीय म्याच भोलि हुनेछ । नेपाली समयअनुसार यी दुईबीचको खेल दिउँसो २ः४५ बजेदेखि सुरू हुनेछ । त्यस्तै, दोस्रो ओडीआई शुक्रबार हुनेछ ।

नेदरल्याण्ड्सको टिम : पिटर सीलार (कप्तान), स्टीफन माईवर्ग, म्याक्स ओदउद, बेन कूपर, बासडि लीडे, स्कट एडवर्ड्स, साकीब जुल्फिकर, लोगानभ्यान बीक, आर्यन दत्त, पल भ्यान मेकिरेन, भिभियन किंग्मा, टोबियास भिसे र फिलिप बोइसेभ्यान ।

स्कटल्याण्डको टिम : काइल कोयट्जर (कप्तान), रिचर्ड बेरिङ्गटन, म्याथ्यू क्रस, कलुम म्याक्लीड, ड्यालन बजट, मार्क वाट, सफ्यान शरीफ, माइकल लीअस्क, क्र्याग वालेस, अली इभान्स, गेभिन मेन, हमजा ताहिर र एड्रियन नील ।

Loading...