एक वर्षमा रोहितको कमाई कति? यस्तो छ उनको कुल सम्पति

काठमाडौं- भारतीय क्रिकेट टिमका उपकप्तान रोहित शर्मा अन्तर्राष्ट्रिय क्रिकेटका सफल खेलाडीमध्ये एक हुन् ।

उनले टेष्ट, वानडे र टी-२० क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

रोहित अन्तर्राष्ट्रिय वानडे क्रिकेटमा तीन दोहोरो शतक बनाउने एक मात्र ब्याट्सम्यान हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा तीनै प्रारूपमा शतक बनाइसकेका छन् ।

त्यस्तै, रोहित आईपीएलका सबैभन्दा सफल कप्तान पनि हुन् । उनले आफ्नो कप्तानीमा मुम्बई इण्डियन्सलाई पाँच पटक आईपीएल ट्रफी पनि जिताएका छन् ।

यसैबीच, आज तिनै सफल क्रिकेटर रोहित शर्माको एक वर्षको कमाई र कूल सम्पतिको बारेमा चर्चा गर्नेछौँ :

रोहितको तलब र सम्पति

रोहित भारतीय कन्ट्रोल बोर्ड (बीसीसीआई)ले जारी गरोको केन्द्रीय अनुबन्धमा ‘ए प्ल’ को क्याटागोरी पर्छन् ।

उनी बीसीसीआईबाट हरेक वर्ष ७ करोड भारु पारिश्रमिक पाउँछन् ।

त्यस्तै, रोहित भारतका लागि तीनै प्रारूपमा खेल्छन् । जसमा उनी बीसीसीआई म्याच फिको रूपमा एक टेष्ट म्याच खेलेको १५ लाख भारु पाउँछन् ।

त्यस्तै, रोहित एक वानडे म्याच खेलेको ६ लाख र एक टी-२० म्याच खेलेको ३ लाख भारु पाउँछन् ।

आईपीएलमा रोहित मुम्बईका लागि लामो समयदेखि खेल्दै आइरहेका छन् । उनी एक आईपीएल सिजन खेलेको १५ करोड भारु पाउँछन् ।

त्यस्तै, रोहित क्रिकेटबोेहक विभिन्न कम्पनीको विज्ञापन खेलेर आम्दानी गर्छन् । उनी एक वर्षमा विज्ञापनबाट मात्र प्रत्येक वर्ष ६ देखि ७ करोड भारुसम्म कमाउँछन् ।

रोहित मुम्बईको एक अपार्टमेन्टमा रहन्छन् । जसको मूल्य ३० करोड रहेको छ । उनको ग्यारेजमा स्कोडादेखि बीएम्डब्ल्यू र फोच्र्यूनर जस्ता महँगा गाडी छन् ।

रोहितसँग हाल १ सय ७० करोड भारुभन्दा बढी सम्पति छ ।

Loading...