द. अफ्रिकाद्वारा तिनै फर्म्याटको टोली घोषणा, दुई स्टार खेलाडी ‘आउट’

काठमाडौं- वेष्ट इण्डिज र आयरल्याण्डसँगको एकदिवसीय र टी-२० सिरिजका लागि दक्षिण अफ्रिकाले टिम घोषणा गरेको छ ।

दक्षिण अफ्रिका क्रिकेट बोर्डले आज सो सिरिजका लागि तेम्बा बावुमाको कप्तानीमा २१ सदस्यीय टोली घोषणा गरेको हो ।

आज घोषणा गरिएको यो टोलीमा फाफ डुप्लेसिसलाई समावेश गरिएको छैन । आईपीएल २०२१ मा २९ म्याच सकिँदा चेन्नईबाट खेल्ने फाफले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सात म्याचमा चार अर्धशतकसहित ३ सय २० रन बनाएका थिए ।

टिमका पूर्वकप्तान समेत रहेका फाफ पछिल्लो समय राष्ट्रिय टोली बाहिर नै छन् ।

आईपीएल २०२१ मा उत्कृष्ट प्रदर्शनका बाबजुद क्रिस मोरिसले पनि ‘कमब्याक’ गर्न सकेनन् । उनले यो सिजनको आईपीएलमा ७ म्याचमा १४ विकेट लिएका थिए ।

त्यस्तै, आज नै द. अफ्रिका क्रिकेट बोर्डले वेष्ट इण्डिजसँगको टेष्ट सिरिजका लागि पनि टिम घोषणा गरेको छ । डिन एल्गरको कप्तानीमा बोर्डले १९ सदस्यीय टोली घोषणा गरेको हो ।

द. अफ्रिकाले वेष्ट इण्डिजसँग दुई टेष्ट र पाँच टी-२० म्याच खेल्ने छ । टेष्ट १० जुनदेखि सुरू हुनेछ । द. अफ्रिका टिम वेष्ट इण्डिजमा तीन जूलाईसम्म रहने छ ।

वेष्ट इण्डिजको भ्रमण सकाएलगत्तै दक्षिण अफ्रिका आयरल्याण्ड उड्नेछ । त्यहाँ उसले तीन एकदिवसीय र तीन टी-२० म्याचको सिरिज खेल्ने छ ।

वेष्ट इण्डिजसँग टेष्ट सिरिज खेल्ने द. अफ्रिकाको टोली :

वेष्ट इण्डिजसँग टी-२० सिरिज खेल्ने द. अफ्रिकाको टोली

आयरल्याण्डसँग सिरिज खेल्ने टोली

Loading...