इंग्ल्याण्डको टेष्ट टिम घोषणा, एकैपटक तीन ओलीले पाए मौका!

काठमाडौं- न्यूजिल्याण्डसँगको टेष्ट सिरिजका लागि इंग्ल्याण्डले टोली घोषणा गरेको छ । उसले आज जो रुटको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

इंग्ल्याण्ड टिममा पहिलो पटक ओली रबिन्सन र जेम्स ब्रेसीले मौका पाएका छन् । योसँगै इंग्ल्याण्ड टिममा ओली नाम गरेका तीन खेलाडी भएका छन् ।

यसअघि नै इंग्ल्याण्ड टिममा ओली पोप र ओली स्टोन थिए । त्यस्तै, इंग्ल्याण्डले क्रेग ओभरटर्नलाई दोस्रो टेष्टका लागि टिममा समावेश गरेको छ ।

ओली रबिन्सन

मोइन अली, जोफ्रा आर्चर, डोम बेस, जोश बटलर, जोनी बेयरिस्टो, क्रिस वोक्स र बेन स्टोक्सले भने न्यूजिल्याण्डसँगको सिरिज गुमाउने भएका छन् ।

बटलर, अली, बेयरिस्टो, वोक्सले आईपीएलका कारण सिरिज गुमाउने भएका हुन् । ढीला इंग्ल्याण्ड पुगेकाले उनीहरू सिरिज खेल्न नपाउने त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

आर्चर र स्टोक्स चोटका कारण आराम गरिरहेका छन् । इंग्ल्याण्डले घरेलु मैदानमा आउँदो २ जुनदेखि १४ जुनसम्म न्यूजिल्याण्डसँग सिरिज खेल्ने छ ।

न्यूजिल्याण्डसँग सिरिज खेल्ने इंग्ल्याण्डको टोली : रोरी बर्न्स, जाक क्रली, डोम सिब्ली, जो रुट (कप्तान) बेन फोक्स (विकेटकीपर), ओली पोप, डान लरेन्स, ज्याक लीच, क्रेग ओवरटन, ओली रबिन्सन, जेम्स एन्डरसन, जेम्स ब्रासी, स्टुअर्ट ब्राड, मार्क वुड र ओली स्टोन ।

Loading...