वेष्ट इण्डिजको टी-२० टोली घोषणा, रसेलसहित धेरै चर्चित खेलाडीको ‘कमब्याक’

काठमाडौं- अष्ट्रेलियासहित तीन देशसँगको टी-२० सिरिजका लागि वेष्ट इण्डिज क्रिकेट बोर्डले आफ्नो टोली घोषणा गरेको छ ।

वेष्ट इण्डिजले किरण पोलार्डको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो ।

टिममा आन्द्रे रसेल, लिन्डल सिमन्स, शिमरोन हेटमायर, ओसेन थोमसलगायत खेलाडीले कमब्याक गरेका छन् ।

सुनील नारायण भने यो पटक पनि टिममा समेटिएका छैनन् ।

वेष्ट इण्डिज र अष्ट्रेलियाबीचको टी-२० सिरिज १० जुनदेखि सुरू हुनेछ । अष्ट्रेलियासँग खेलेलगत्तै वेष्ट इण्डिजले घरेलु मैदानमै जुन २६ देखि पाँच खेलकै टी-२० सिरिज खेल्नेछ ।

त्यसपछि उसले पाकिस्तानसँग पनि पाँच खेलकै श्रृंखला खेल्ने छ । सो सिरिज २७ जुलाईदेखि सुरू हुनेछ ।

अष्ट्रेलिया र वेष्ट इण्डिजबीचको खेल तालिका :

पहिलो टी-० म्याच ९ जुलाई

दोस्रो टी-२० म्याच १० जुलाई

तेस्रो टी-२० म्याच १२ जुलाई

चौथो टी-२० म्याच १४ जुलाई

पाँचौ टी-२० म्याच १६ जुलाई

पहिलो वानडे म्याच २० जुलाई

दोस्रो वानडे म्याच २२ जुलाई

तेस्रो वानडे म्याच २४ जुलाई

तीन देशसँग खेल्ने वेष्ट इण्डिजको टी-२० टिम :

वानडे र टी-२० सिरिजका लागि अष्ट्रेलियाको टिम : आरोन फिन्च (कप्तान) म्याथू वेड (विकेटकीपर), डेविड वार्नर, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, एश्टन एगर, जेसन बेहनडोर्फ, एलेक्स क्यारी (विकेटकीपर), प्याट कमिन्स, जोश हेजलवुड, मोइरिस हेनरिक्स, मिचेल मार्श, ग्लेन म्याकसवेल, रिले मेरिडिथ, जोश फिलिप, झय रिचर्डसन, केन रिचर्डसन, तनवीर सांघा, डार्सी शट, मिचेल स्वेप्सन, एन्ड्रु टाय, र एडम जम्पा ।

Loading...