म्याक्सवेल भर्सेस अली : को उत्कृष्ट अलराउन्डर? यस्तो छ दुवैको प्रदर्शन

काठमाडौं- वर्तमान समयमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र इंग्ल्याण्डका मोइन अली उत्कृष्ट अलराउन्डरको रूपमा चिनिन्छन् ।

यी दुवै खेलाडीले धेरै पटक अलराउन्ड प्रदर्शन गर्दै टिमलाई जित दिलाएका छन् ।

यी दुवै लामो समयदेखि आफ्नो टिमको लागि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् ।

म्याक्सवेल अष्ट्रेलियाका क्रिकेट टिमका प्रमुख खेलाडीमध्येका एक हुन् । त्यस्तै, मोइल पनि लामो समयदेखि इंग्ल्याण्डका लागि महत्वपूर्ण योगदान दिँदै आइरहेका छन् ।

सामाजिक सञ्जालमा धेरैले म्याक्सवेल र अलीमध्ये को उत्कृष्ट अलराउन्डर भनेर प्रश्न गरेको देख्न पाइन्छ । यसैबीच, आज दुवै स्टार अलराउन्डरको हालसम्मको प्रदर्शनबारे चर्चा गर्दैछौँ :

अन्तर्राष्ट्रिय क्रिकेटको तीनै प्रारूपा मोइन र म्याक्वेलको तुलना गर्ने हो भने लगभग आँकडा बराबार छ ।

मोइन टेष्ट क्रिकेटमा म्याक्सवेलभन्दा अगाडि छन् भने म्याक्सवेल वानडे र टी-२० मा मोइनभन्दा अगाडि छन् ।

म्याक्सवेल आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ तेस्रो स्थानमा छन् । उनले अष्ट्रेलियका लागि ७ टेष्ट मात्र खेल्ने मौका पाएका छन् । जसमा उनले ३ सय ३९ रन बनाएका छन् ।

म्याक्सवेलले टेष्ट क्रिकेटमा एक शतक पनि बनाएका छन् । टेष्टमा उनको सर्वश्रेष्ठ स्कोर १ सय ४ रन हो ।

टेष्टमा उनले ८ विकेट पनि लिएका छन् । टेष्टमा उनको उत्कृष्ट बलिङ ४ विकेट लिएर १ सय २७ रन दिनु हो ।

त्यस्तैै, म्याक्सवेलले वानडेमा १ सय १६ म्याच खेल्दै ३ हजार २ सय ३० रन बनाएका छन् । उनले यो प्रारूपमा आजसम्म २ शतक र २२ अर्धशतक बनाएका छन् ।

त्यस्तै, म्याक्सवेलले बलिङमा ५१ विकेट आफ्नो नाममा गरिसकेका छन् ।

त्यस्तै, म्याक्सवेलले आजसम्म आफ्नो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७२ म्याच खेल्दै १ हजार ७ सय ८० रन बनाएका छन् ।

उनले हालसम्म टी-२० तीन शतक र ९ अर्धशतक बनाइसकेका छन् । टी-२० म्याक्सवेलको उच्च स्कोर नटआउट १ सय ४५ रन हो ।

बलिङतर्फ उनले टी-२० मा ३१ विकेट आफ्नो नाममा गरेका छन् । उनको सर्वश्रेष्ठ बलिङ प्रदर्शन तीन विकेट लिएर १० रन दिनु हो ।

मोइन अलीले हालसम्म इंग्ल्याण्डका ६१ टेष्ट म्याच खेलेका छन् । जसमा उनले २ हजार ८ सय ३१ रन बनाएका छन् ।

मोइनले हालसम्म टेष्टमा पाँच शतक र १४ अर्धशतक बनाएका छन् । टेष्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित १ सय ५५ रन हो ।

त्यस्तै, टेष्टमा मोइनले बलिङतर्फ १ सय ८९ विकेट आफ्नो नाममा गरेका छन् । उनको उत्कृष्ट बलिङ ६ विकेट लिएर ६३ रन दिनु हो ।

त्यस्तै, मोइनले वानडेमा १ सय १२ म्याच खेल्दै १ हजार ८ सय ७७ रन बनाएका छन् । उनले आजसम्म यो प्रारूपमा तीन शतक र पाँच अर्धशतक बनाइसकेका छन् । त्यस्तै, मोइनले बलिङमा ८७ विकेट आफ्नो नाममा गरेका छन् ।

मोइनले हालसम्म ३५ टी-२० म्याच खेल्दै ३ सय ९९ रन बनाएका छन् । उनले हालसम्म दुई अर्धशतक बनाएका छन् । टी-२० मा मोइनको उच्च स्कोर नटआउट ७२ रन हो ।

मोइनले हालसम्म टी-२० क्रिकेटमा १८ विकेट लिएका छन् । यो प्रारूपमा उनको उत्कृष्ट बलिङ २ विकेट लिएर २१ रन दिनु हो ।

Loading...