इंग्ल्याण्ड भ्रमणमा जाने भारतीय टिममा एक खेलाडी परिवर्तन

काठमाडौं- विश्व टेष्ट च्याम्पियनशिपका लागि भारतीय टिममा नयाँ खेलाडी समावेश भएका छन् ।

टिममा जोडिनेमा विकेटकीपर/ब्याट्सम्यान केएस भरत रहेका छन् । उनी ऋद्धिमान साहको स्थानमा टिममा समावेश भएका हुन् ।

साहको कोरोना रिपोर्ट नेगेटिभ आए पनि बीसीसीआईले उनको स्थानमा भरतलाई टिममा समावेश गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार साहको स्वास्थ्यअवस्था राम्रो भए पनि बायोबबलमा कुनै समस्या नहोस् भनेर उनलाई टिममा समावेश नगरिएको हो ।

साहलाई आईपीएल चलिरहेको अवस्थामा कोरोना पुष्टि भएको थियो । उनी सनराइजर्स हैदराबादबाट आईपीएल खेल्ने गर्छन् ।

भारतीय टिम मे महिनाको अन्तिमतिर इंग्ल्याण्ड जाँदैछ । त्यसअघि टिमका सबै खेलाडीले पीसीआर टेष्ट गर्नेछन् ।

पीसीआर नेगेटिभ भएका खेलाडी मात्र इंग्ल्याण्ड उड्न पाउने छन् ।

इंग्ल्याण्ड गइसकेपछि पनि टिमका सबै खेलाडी १४ दिन बायोबबलमा रहने छन् । अहिले भारतीय टिमका सबै खेलाडी मुम्बईमा जम्मा हुँदैछन् ।

भारत र न्यूजिल्याण्डबीचको च्याम्पियनशिप फाइनल म्याच १८ जुनदेखि २२ जुनसम्म हुनेछ । फाइनल म्याच इंग्ल्याण्डको साउथ ह्याम्पटनमा हुने तालिका छ ।

इंग्ल्याण्ड जाने भारतीय टिम : विराट कोहली (कप्तान), अजिंक्य रहाणे (उपकप्तान), रोहित शर्मा, शुभमन गिल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, हनुमा विहारी, ऋषभ पन्त (विकेटकीपर), केएस भरत र केएल राहुल, रविचन्द्रन अश्विन, रवीन्द्र जडेजा, अक्षर पटेल, वाशिङ्गटन सुन्दर, जसप्रीत बुमराह, इशान्त शर्मा, उमेश यादव, मोहम्मद शामी, मोहम्मद सिराज र शार्दुल ठाकुर ।

वैकल्पिक खेलाडी : अभिमन्यू ईस्वरन, प्रशिद्ध कृष्णा, आवेश खान र अर्जन नागवासवाला ।

Loading...