श्रीलंका टिमका २४ खेलाडीसँग केन्द्रीय अनुबन्ध, ८ खेलाडी भने ‘आउट’

काठमाडौं- श्रीलंका क्रिकेट बोर्डले केन्द्रीय अनुबन्धमा समावेश हुने खेलाडीको सूची सार्वजनिक गरेको छ ।

धनन्जय डीसिल्भा र निरोशन डिकवेलालाई ‘टप ग्रेड’मा समावेश गर्दै बोर्डले अनुबन्ध हुने खेलाडीको सूची सार्वजनिक गरेको हो ।

यो अनुबन्ध र ग्रेड एक वर्षको लागि मान्य हुनेछ । पाँच पाइन्ट ग्रेडिङ प्रणालीअनुसार बोर्डले अलगअलग ग्रेडमा खेलाडीलाई समावेश गरेको हो ।

गत वर्ष केन्द्रीय अनुबन्धमा ३२ खेलाडीलाई समावेश गरिएको थियो । तर, यो वर्ष भने ८ खेलाडीलाई आउट गर्दै २४ खेलाडीलाई मात्र केन्द्रीय अनुबन्धमा राखेको छ ।

यो पटक लसिथ मलिंगा, थिसरा परेरा, अभिष्का फर्नान्डोसहित आठ खेलाडीलाई भने बोर्डले केन्द्रीय अनुबन्धमा समावेश गरेको छैन ।

खेलाडीलाई ‘ए’ ‘बी’ ‘सी’ र ‘डी’ ग्रेडमा विभाजन गरिएको छ ।

ए (१) ग्रेडका खेलाडी : धनन्जय डीसिल्भा र निरोशन डिकवेला (१००,००० यूएसडी)

ए (२) ग्रेडका खेलाडी : कुशल परेरा र एन्जेलो म्याथ्यूज (८०,००० यूएसडी)

ए (३) ग्रेडका खेलाडी : कुशल मेन्डिस र दिमुथ करुणारत्ने (७०,००० यूएसडी)

बी (१) ग्रेडका खेलाडी : सुरंगा लकमल र दासुन शनाका (६५,००० यूएसडी)

बी (२) ग्रेडका खेलाडी : वानिन्दु हसरंगा र लसिथ एम्बुलडेनिया (६०,००० यूएसडी)

बी (३) ग्रेडका खेलाडी : पथम निशंका र लाहिरु थिरिमाने (५०,००० यूएसडी)

सी (१) ग्रेडका खेलाडी : दुष्मन्था चमिरा र कसुन रजिथा (५०,००० यूएसडी)

सी (२) ग्रेडका खेलाडी : दिनेश चन्डिमल र लक्षण सदाकन (४५,००० यूएसडी)

सी (३) ग्रेडका खेलाडी : विश्व फर्नान्डो र इशरु उडाना (४०,००० यूएसडी)

डी (१) ग्रेडका खेलाडी : रमेश मेन्डि र ओशादा फर्नान्डो (३५,००० यूएसडी)

डी (२) ग्रेडका खेलाडी : दनुष्का गुणथिलका र लाहिरु कुमारा (३०,००० यूएसडी)

डी (३) ग्रेडका खेलाडी : अशेन भन्डारा र अकिला धनन्जय (३०,००० यूएसडी)

Loading...