नयाँ प्रशिक्षकका साथ श्रीलंका जाँदै भारतीय ‘बी’ टिम

काठमाडौं- श्रीलंका भ्रमणमा जाने भारतीय ‘बी’ टिमले नयाँ प्रशिक्षक पाएको छ ।

टिमले प्रशिक्षकको रूपमा भारतीय टिमका पूर्वब्याट्सम्यान राहुल द्रविडलाई पाएको हो ।

टिमका प्रमुख प्रशिक्षक रवि शास्त्री टेष्ट सिरिजका लागि इंग्ल्याण्डमा हुने भएकाले बीसीसीआईले ‘बी’ टिमको प्रशिक्षकमा द्रविडलाई नियुक्त गरेको हो ।

द्रविडले यसअघि भारतको युवा टोलीलाई प्रशिक्षण दिएका थिए । उनको कार्यकालमा भारतले २०१८ मा यू-१९ विश्वकप जितेको थियो ।

द्रविडले यू-१९ मा प्रशिक्षण दिएका केही खेलाडी अहिले राष्ट्रिय टिममा छन् ।

भारतीय ‘बी’टिमले जुलाईमा श्रीलंका भ्रमण गर्दैछ । त्यहाँ उसले तीन खेलको टी-२० र तीन खेलकै एकदिवसीय सिरिज खेल्ने छ ।

श्रीलंका र भारतबीच १३, १६ र १९ जुलाईमा वानडे र २२, २४ र २७ जुलाईमा टी-२० सिरिज हुनेछ ।

Loading...