जुलाईमा नेपालले त्रिकोणात्मक सिरिज खेल्नसक्ने

काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गत हुने नेपालले खेल्ने त्रिकोणात्मक सिरिज स्कटल्याण्ड बाहिर हुने सम्भावना बढेको छ ।

कोरोना असरका कारण नेपाल, स्कटल्याण्ड र नाबिमियाबीचको सिरिज स्कटल्याण्ड बाहिर हुने सम्भावना बढेको हो ।

नेपाल क्रिकेट संघका अनुसार स्कटल्याण्डको सट्टा यो सिरिज स्पनेमा हुने सम्भावना छ ।

‘हाम्रो खेलकुद डट कम’ अनलाइनका अनुसार जुलाईमा हुने नेपालसहित तीन राष्ट्रले खेल्ने त्रिकोणात्मक सिरिज स्पनेमा हुने भएको हो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले स्कटल्याण्डमा हुने सिरिज स्पनेमा हुने सम्भावना उच्च रहेको बताए ।

उनका अनुसार यो सिरिज जुलाईको तेस्रो साता स्पनेमा हुनेछ । एक सातामा स्पनेमा सिरिज खेल्ने/नखेल्ने टुंगो लाग्नसक्ने समेत अध्यक्ष चन्दले बताए ।

सन् २०१९ देखि सुरू भएको विश्वकप लिग-२ सिरिजअन्तर्गत नेपालले हालसम्म एउटा मात्र श्रृंखला मात्र खेलेको छ ।

नेपालले २०२० मा ओमान र अमेरिकासँग सिरिज खेलेको थियो ।

सो त्रिकोणात्मक सिरिजमा नेपालले ओमानसँग हार्दा अमेरिकासँगको दुवै खेलमा भने जित हासिल गरेको थियो ।

Loading...