सीपीएल : सन्दीप रिलिज हुँदा ७ खेलाडी रिटेन

काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सीपीएल)को आसन्न संस्करणका लागि जमैका तल्लावाजले नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई रिलिज गरेको छ ।

जमैकाले आज सन्दीपसहित १० खेलाडी रिलिज गरेको हो । यो पटक सीपीएलको समयमा अन्य लिगमा व्यस्त हुने भएकाले जमैकाले सन्दीपलाई रिलिज गरेको हो ।

गत संस्करणमा सन्दीपले राम्रो प्रदर्शन गरेका थिए । उनले सीपीएल २०२० मा ११ म्याचमा राम्रो इकोनमीमा १२ विकेट लिएका थिए ।

आसन्न सीपीएल संस्करण २८ अगस्टदेखि सुरू हुँदैछ । सो समयमा अन्तर्राष्ट्रिय उडान खुलेमा सन्दीप द हड्रेडका लागि इग्ल्याण्डमा हुनेछन् ।

हाल इंग्ल्याण्डले नेपाललाई कोरोनाका कारण रेड जोनमा राखेका छ ।

जमैकाले यो पटक आन्द्रे रसेल, रोमभ्यान पावेल, कार्लोश बार्थवेट, चाडविक वाल्टन, फिदेल इड्र्वाससहित ७ खेलाडी रिटेन गरेको छ ।

जमैकाले रिटेन गरेका खेलाडी :

Loading...