आईसीसीद्वारा नयाँ वानडे वरियता सार्वजनिक

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नयाँ एकदिवसीय वरियतामा पनि नेपाल १६औँ स्थानमा कायमै रहेको छ ।

अघिल्लो वरियतामा पनि नेपाल १६औं स्थानमै थियो ।

नेपालले अन्तिम पटक २०२० को फेब्रुअरीमा एकदिवसीय सिरिज खेलेको थियो । त्यसयता भने नेपालले कोरोनाका कारण एकदिवसीय म्याच खेल्न सकेको छैन ।

घरेलु मैदानमा भएको सो सिरिजमा नेपालले ओमान र अमेरिकाको सामना गरेको थियो । सो सिरिजमा नेपालले ४ खेलमा २ जित निकालेको थियो ।

ओमानसँगको दुई खेलमा पराजित हुँदा अमेरिकासँगको दुई खेलमा भने नेपाल विजयी भएको थियो ।

नयाँ एकदिवसीय वरियतामा नेपालभन्दा तल नामिबिया, यूएई, अमेरिका र पपुवा न्यूगिनी रहेका छन् ।

नयाँ वानडे वरियताको शीर्ष स्थानमा न्यूजिल्याण्ड नै यथावत छ । त्यस्तै, अष्ट्रेलिया, भारत, इंग्ल्यान्ड र दक्षिण अफ्रिका क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा छन् ।

Loading...