ब्रायन लाराले छाने उत्कृष्ट १० क्रिकेटर

काठमाडौं- वेष्ट इण्डिज क्रिकेट टिमका पूर्वब्याट्सम्यान ब्रायन लाराले वर्तमान र आफ्नो समयका सर्वश्रेष्ठ १० खेलाडीको नाम चयन गरेका छन् । उनले अहिले र पहिलेका उत्कृष्ट पाँच बलर र पाँच ब्याट्सम्यानको नाम चयन गरेका हुन् ।

लाराले भारतीय टिमबाट दुई खेलाडी अहिलेका उत्कृष्ट रहेको बताएका छन् । उनले कप्तान विराट कोहली र जसप्रीत बुमराह वर्तमान क्रिकेटका सर्वश्रेष्ठ क्रिकेटर रहेको बताएका हुन् ।

लाराले इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै अहिले र आफ्नो समयमा उत्कृष्ट क्रिकेटरको बारेमा जानकारी दिएका हुन् ।

लाराले सर्वश्रेष्ठ ब्याट्सम्यानको सूचीमा विराटसहित न्यूजिल्याण्ड टिमका कप्तान केन विलियम्सन, अष्ट्रेलियाका स्टिभ स्मिथ, इंग्ल्याण्डका जो रुट, दक्षिण अफ्रिकाका एबी डिभिलियर्सलाई समावेश गरेका छन् ।

लाराले आफ्ना देशका कुनै पनि खेलाडीलाई यो सूचीमा चयन गरेका छैनन् ।

त्यस्तै, लाराले वर्तमान क्रिकेटका पाँच उत्कृष्ट बलर पनि छानेका छन् ।

उनले भारतका जसप्रीत बुमराह, दक्षिण अफ्रिकाका कागिसो रबाडा, इंग्ल्याण्डका जोफ्रा आर्चर, अफगानिस्तानका राशिद खान र इंग्ल्याण्डका जेम्स एण्डरसनलाई छानेका छन् ।

लाराले आफ्नो समयका पाँच उत्कृष्ट बलर र ब्याट्सम्यान पनि छानेका छन् । उनले आफूसँग खेल्ने पाँच ब्याट्सम्यानमा सचिन तेन्दुलकर, रिकी पोन्टिङ, ज्याक कलिस, कुमार संगकारा र राहुल द्रबिडलाई छानेका छन् ।

त्यस्तै, बलरको रूपमा लाराले वसीम अक्रम, शेन वार्न, वकार यूनिस, मुथैया मुरलीधरण र ग्लेन म्याक्ग्रालाई आफ्नो समयका महान् बलर भन्दै टप-५ मा छानेका छन् ।

Loading...