रुट बने सर्वाधिक महँगा कप्तान, यस्तो छ विराटसहित अन्यको तलब

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित १३ टिम कप्तानको वार्षिक पारिश्रमिकसम्बन्धी एक सूची सार्वजनिक भएको छ ।

स्पोर्ट्सकीड़ा नामको एक चर्चित खेलकुद अनलाइनले १३ चर्चित टिम कप्तानको वार्षिक पारिश्रमिकसम्बन्धी सूची सार्वजनिक गरेको हो ।

सार्वजनिक सूचीअनुसार सबैभन्दा बढी पारिश्रमिक इंग्ल्याण्डका टेष्ट टिम कप्तान जो रुट लिन्छन् । उनले हरेक वर्ष क्रिकेट बोर्डबाट ८ करोड ९ लाख पाउँछन् ।

यो रकम नेपालीमा हेर्ने हो भने रुटले वर्षमा ११ करोडभन्दा बढी बोर्डबाट पारिश्रमिक पाउँछन् ।

रुटपछि कप्तानको रूपमा सबैभन्दा बढी पारिश्रमिक पाउनेमा विराट कोहली दोस्रो स्थानमा छन् । भारतीय टिममा तिनै प्रारूपमा कप्तानी गर्ने उनले वर्षमा ७ करोड भारु पारिश्रमिक लिन्छन् ।

अष्ट्रेलिया क्रिकेट बोर्डले एकदिवसीय र टी-२० का कप्तान आरोन फिन्च र टेष्ट टिमका कप्तान टिम पेनलाई वर्षमा समान ४ करोड ८० लाख दिन्छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले कप्तान बाबर आजमलाई हरेक वर्ष ६२ लाख पारिश्रमिक दिन्छ ।

इंग्ल्याण्डको एकदिवसीय र टी-२० टिमका कप्तान इयोन मोर्गनले वर्षमा १ करोड ७५ लाख पारिश्रमिक पाउँछन् ।

दक्षिण अफ्रिका टिमका टेष्ट कप्तान डीन एल्गरले ३ करोड २ लाख र टी-२० र वानडे कप्तान तेम्बा बावुमाले वर्षमा २ करोड ५ लाख पारिश्रमिक लिन्छन् ।

न्यूजिल्याण्डका तिनै प्रारूपमा कप्तान केन विलियम्सनले वार्षिक १ करोड ७७ लाख तलब पाउँछन् ।

वेष्ट इण्डिज टिमका कप्तान किरण पोलार्डले १ करोड ७३ लाख र क्रेग ब्रेथवेटले १ करोड ३९ लाख पारिश्रमिक पाउने गरेका छन् ।

श्रीलंका क्रिकेट बोर्डले टेष्ट टिमका कप्तान दिमुथ करुणारत्नेलाई ५१ लाख र कुशल परेरालाई २५ लाख पारिश्रमिक दिने गरेको छ ।

धेरै पारिश्रमिक पाउने कप्तान । सूची :

Loading...