नेदरल्याण्ड्ससँगको वानडे सिरिजका लागि आयरल्याण्डको टोली घोषणा

काठमाडौं- नेदरल्याण्ड्ससँगको एकदिवसीय सिरिजका लागि आयरल्याण्डले टोली घोषणा गरेको छ ।

नेदरल्याण्ड्सँगको तीन खेलको वानडे सिरिजका लागि आयरल्याण्डले एन्ड्र्यू बलबर्नीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

साथै, आयरल्याण्डले अतिरिक्त चार खेलाडी पनि टिममा राखेको छ । कोररोना भाइरसका कारण उसले अतिरिक्त चार खेलाडी टिममा राखेको हो ।

आयरल्याण्डको टोलीमा सबै महत्वपूर्ण खेलाडी छन् । पउल स्टर्लिङ, केभिनओ ब्रायनसहित विलियम पोर्टरफिल्ड टिममा समावेश भएका छन् ।

यो सिरिज वर्ल्ड कप सुपर लिगअन्तर्गत भइरहेको हो । सन् २०२३ को विश्वकपमा छनोट हुन यो सिरिजमा मिलेको अंक महत्वपूर्ण हुनेछ ।

आयरल्याण्ड र नेदरल्याण्ड्सबीचको तीन खेलको सिरिज २ जुनदेखि ७ जुनसम्म हुनेछ ।

आयरल्याण्डको टोली : एन्ड्र्यू बलबर्नी (कप्तान), पउल स्टर्लिंङ, मार्क आदिर, गेरेथ डेलनी, जर्ज डकरेल, जोश लिटल, एन्ड्र्यू म्याकब्रिन, ग्रिम म्याककार्टर, ब्यारी म्याकार्थी, केभिन ओब्रियन, विलियम पोर्टरफिल्ड, सिमी सिंह, पउल स्टर्लिंङ, ह्यारी टेक्टर, लोर्कन टकर र क्र्याग योङ ।

अतिरिक्त खेलाडी : पिटर चेस, स्टीफन डोहेनी, ग्राहम क्यानेडी र डेभिड ओ’होलोरन ।

Loading...