मुशफिकुर रहीमले बनाए नयाँ कीर्तिमान

काठमाडौं- बंगलादेश क्रिकेट टिमका विकेटकीपर-ब्याट्सम्यान मुशफीकुर रहीमले इतिहास रचेका छन् ।

उनले एकदिवसीय क्रिकेटमा चार नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक शतक बनाएर इतिहास रचेका हुन् ।

रहीम अब बंगलादेशको तर्फबाट वानडे क्रिकेटमा चार नम्बरमा सर्वाधिक शतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन् ।

आज श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा १२५ रनको पारी खेल्दै यो उपलब्धि हासिल गरेका हुन् ।

विश्व वानडे क्रिकेटमा भने चार नम्बरमा सर्वाधिक शतक बनाउने कीर्तिमान न्यूजिल्याण्डका रस टेलरको नाममा छ ।

उनले यो नम्बरमा ब्याटिङ गर्दै १९ शतक बनाएका छन् ।

त्यस्तै, एबी डिभिलियर्स (१५), अरविन्द डिसिल्भा (१०), महेला जयवद्र्धने ९ शतकका साथ यो सूचीको दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

मुशफिकुर अब यो सूचीको पाँचौ स्थानमा उक्लिएका छन् ।

बंगलादेशले दियो २४७ रनको लक्ष्य

एकदिवसीय सिरिजको दोस्रो खेलमा घरेलु टोली बंगलादेशले श्रीलंकालाई २ सय ४७ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले ४८.१ ओभरमा सबै विकेट गुमाएर २ सय ४६ रन बनायो ।

एसका लागि विकेटकीपर मुशफिकुर रहीमले शतकीय पारी खेले । उनले १२७ बलमा १० चौकासहित १२५ रन बनाए ।

एकदिवसीय क्रिकेटमा रहीमको यो आठौँ शतक हो । जारी सिरिजको पहिलो खेलमा उनले ८४ रनको पारी खेलेका थिए ।

त्यस्तै, आज महमूदुल्लाहले ४१, लिटन दासले २५, तमिम इकबालले १३, मोहम्मद सैफउद्दिनले ११, अफिफ हुसेन, मोसाद्दिक हुसेन १०/१० रन बनाए ।

बलिङमा लक्षण सदाकनले, दुश्मन्था चमेराले तीन/तीन, इशरु उडानाले दुई र वाविन्दु हसरंगाले एक विकेट लिए ।

तीन खेलको सिरिजमा बंगलादेशले १-० को अग्रात बनाएको छ । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ३३ रनले हराएको थियो ।

Loading...