यी तीन भारतीय क्रिकेटर : जो राष्ट्रिय टिमको प्रशिक्षक बन्न सक्छन्

काठमाडौं : भविष्यमा भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्न सक्ने तीन खेलाडी :

१. अजिंक्य रहाणे : रहाणेले क्रिकेटका सबै प्रारूप खेलेका छन् । रहाणेलाई आईपीएलदेखि अन्तर्राष्ट्रय क्रिकेट स्तरका सबै म्याचको अनुभव छ ।

रहाणे फरक-फरक परिस्थितिमा टिमका लागि नयाँनयाँ योजना बनाउन सक्षम छन् । उनले आईपीएलदेखि भारतीय टिममा समेत कप्तानी गरिसकेका छन् ।

रहाणे विराटको अनुपस्थितिमा भारतीय टेष्ट टिमको कप्तानी गर्दै आएका छन् । उनको कप्तानीमा भारतले गत वर्षको अन्तिमतिर अष्ट्रेलियासँगको टेष्ट सिरिज जितेको थियो ।

शान्त स्वभावका ३२ वर्षीय रहाणे हाल भारतीय टेष्ट टिमका उपकप्तान पनि हुन् । उनले हालसम्म ७३ टेष्ट, ९० वानडे र २० टी-२० म्याच खेलेका छन् ।

२. रोहित शर्मा : रोहित आईपीएलका सर्वाधिक सफल कप्तान हुन् । साथै, उनले विराटको अनुपस्थितिमा धेरै म्याचमा भारतीय टिमको कप्तानी पनि गरेका छन् ।

जति म्याचमा रोहितले भारतीय टिमको कप्तानी गरेका छन् । ती म्याचमा भारतले नतिजा पनि राम्रो पाएको छ । सबै प्रारूपमा उत्कृष्ट प्रदर्शन गरेका रोहित अनुभवीले खारिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटका सबै प्रारूपमा सफल खेलाडी ३३ वर्षीय रोहितलाई आगामी भारतीय टिमको मुख्य प्रशिक्षको रूपमा पनि हेरिएको छ । उनले हालसम्म भारतका लागि २२७ वानडे, १११ टी-२० र ३८ टेष्ट म्याच खेलेका छन् ।

३. रविचन्द्र आश्विन : रविचन्द्र आश्विन भारतीय टिमका सफल स्पिनरमध्ये एक हुन् । उनी बलिङका साथै ब्याटिङ राम्रो गर्छन् । उनमा टिमको प्रशिक्षक बन्न सक्ने धेरै गुण छन् ।

आश्विनले आईपीएलमा समेत टिमको कप्तानी गरिसकेका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटको सबै प्रारूपमा राम्रो प्रदर्शन गरेका छन् ।

सफल खेलाडी आश्विन संन्यासपछि भारतीय टिमको प्रशिक्षक पनि बन्न सक्छन् ।

फाइल तस्बिर

३४ वर्षीय आश्विनले १ सय ११ वानडे, ७८ टेष्ट र ४६ टी-२० म्याच खेलेका छन् । उनले ७८ टेष्टको १४६ इनिङ्समा ४ सय ९ विकेट लिइसकेका छन् ।

Loading...