नयाँ टी-२० वरियता सार्वजनिक, यस्तो छ कुशलसहित चार नेपाली खेलाडीको स्थान

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) नयाँ टी-२० वरियता सार्वजनिक गरेको छ ।

नयाँ वरियतामा पनि नेपाली टिमका चार खेलाडी अटाउन सफल भएका छन् ।

तस्बिर : कान्तिपुर

सार्वजनिक नयाँ वरियतामा नेपाली टिमका ब्याट्सम्यान कुशल भुर्तेल अघिल्लो वरियतामा कायमै छन् । उनी ६१औं स्थानमा कायमै छन् ।

वैशाखमा घरेलु मैदानमा भएको डेब्यू त्रिकोणात्मक उत्कृष्ट प्रदर्शन गरेपछि कुशल वरियतामा समावेश भएका थिए ।

सो सिरिजमा उनले पाँच खेलमा २ सय ७८ रन बनाएका थिए ।

त्यस्तै, नयाँ वरियतामा पूर्वकप्तान पारस खड्का ८८ औं कप्तान ज्ञानेन्द्र मल्ल ९४औं र बलर सन्दीप लामिछाने ७७औं स्थानमा यथावत छन् ।

नेपाल टी-२० वरियताको १३औँ स्थानमा कायमै छ ।

टी-२० वरियताको ब्याटिङतर्फ इंग्ल्याण्डका डेविड मलान कायमै छन् । त्यस्तै, बलिङतर्फ दक्षिण अफ्रिकाका स्पिनर तरबीज शम्सी शीर्ष स्थानमा कायमै छन् ।

Loading...