विश्वकपअघि टी-२० म्याच खेल्न पाउने छैनन् यी ६ क्रिकेटर

काठमाडौं- आसन्न आईसीसी टी-२० विश्वकप अक्टोबर-नोभेम्बरमा भारतमा हुने तालिका छ ।

यद्यपि, त्यहाँ बढ्दो कोरोना संक्रमणका कारण यो विश्वकप यूएईमा हुने सम्भावना पनि छ ।

आसन्न विश्वकपमा पनि भारतीय टिमलाई उपाधि दाबेदारको रूपमा हेरिएको छ । यद्यपि, विश्वकपअघि भने भारतीय टिमका केही महत्वपूर्ण खेलाडीले भने एक टी-२० म्याच पनि खेल्न पाउने छैनन् ।

अर्थात् व्यस्तताका कारण उनीहरूले विश्वकप आउन एक/डेढ महिनाअघि कुनै पनि टी-२० म्याच खेल्न नपाउने भएका हुन् ।

टी-२० म्याच खेल्न नपाउने खेलाडीमा कप्तान विराट कोहली, रोहित शर्मा, ऋषभ पन्त, केएल राहुल, जसप्रीत बुमराह र मोहम्मद शामी रहेका छन् ।

पूर्णरूपमा फिट रहेको अवस्थामा यी ६ खेलाडी विश्वकप २०२१ मा टिममा छनोट हुने सम्भावना पक्का जस्तै छ ।

तर, इंग्ल्याण्डसँगको टेष्टका कारण भने उनीहरूले विश्वकप हुनु केही समयअघि टी–२० म्याच खेल्न पाउने छैनन् ।

भारतीय टिमले सेप्टेम्बरसम्म टेष्ट क्रिकेट खेल्नेछ ।

यो बीचमा भारतीय टिमले एकदिवसीय र टी-२० म्याच पनि खेल्नेछ । तर, यो सिरिजमा टिममा नियमित सदस्य हुने छैनन् ।

श्रीलंकासँग हुने वानडे र टी-२० सिरिजका लागि बीसीसीआईले ‘बी’ टिम पठाउने यसअघि नै घोषणा गरिसकेको छ ।

यद्यपि, श्रीलंका भ्रमणमा जाने टोली घोषणा भने हुन बाँकी छ ।

Loading...