यसरी पूरा भएको थियो क्रिकेटर बन्ने बटलरको सपना

काठमाडौं– इंग्ल्याण्ड क्रिकेट टिमका विकेटकीपर/ब्याट्सम्यान जोश बटलर वर्तमान समयका अन्तर्राष्ट्रिय क्रिकेटका तीनै प्रारूपका चर्चित खेलाडी हुन् ।

उनी राम्रो कीपिङका साथै आक्रामक ब्याटिङ पनि गर्छन् ।

उसो त खेलाडीहरू आफ्नो जीवनमा कसै न कसैदेखि प्रेरित हुने हुन्छन् । त्यस्तै, बटलरले पनि दुई भारतीय खेलाडीलाई देखेर क्रिकेटमा प्रेरित भएको बताएका छन् ।

भारतीय खेलाडी भन्ने बित्तिकै प्रायः सबै सचिन तेन्दुल्करप्रति प्रेरित भएका हन्छन् । तर, बटलरले भने सौरभ गांगली र राहुल द्रविडलाई देखेर क्रिकेट खेल्न प्रेरित भएका बताए ।

बटलरले क्रिकबजसँगको कुराकानीमा भने, ‘म त्यो म्याचलाई कहिल्यै भुल्न सक्दैन जुन म्याचमा राहुल द्रविड र सौरभ गांगुलीले शतकीय पारी खेलेका थिए । उनीहरूको सो प्रदर्शनले ममाथि एकदमै प्रभाव परेको थियो ।’

बटलरले अगाडि भने, ‘भारत र श्रीलंकाबीच भएको त्यो वानडे विश्वकप म्याचमा मैले पहिलो पटक भारतको क्राउड देखेको थिए । ती समर्थकहरू आफ्नो टिमलाई लिएर निकै उत्साहित थिए । त्यसपछि मैले साचे आफ्नो देशका लागि विश्वकप खेल्नु कुरा हो ।’

पूर्वखेलाडी सौरभ र द्रविड भारतीय महान् खेलाडीमध्येका एक हुन् । यी दुवै खेलाडीले भारतलाई कयौँ म्याच जिताएका छन् ।

द्रविड र गांगुलीले सन् १९९९ मा भएको एकदिवसीय वानडे विश्वकपमा श्रीलंकाविरुद्ध ३ सय १८ रनको राम्रो साझेदारी गरेका थिए ।

सो म्याचमा गांगुलीले १ सय ८३ र द्रविडले १ सय ४५ रन बनाएका थिए ।

यो ठूलो साझेदारीले गर्दा भारतले श्रीलंकालाई ३ सय ७४ रनको विशाल लक्ष्य दिन सफल भएको थियो ।

जवाफमा श्रीलंकाले २ सय १६ रन मात्र बनाएको थियो ।

पछिल्लो केही सिजन बटलर इण्डियन प्रिमियर लिग (आईपीएल) राजस्थान रोयल्सका लागि खेल्छन् ।

उनी राजस्थानका लागि लगातार उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । बटलर यो सिजनमा सात म्याचमा एक शतकका साथ २५४ रन बनाइसकेका थिए ।

Loading...