पहिलो IPL सिजनमा यस्तो थियो डिभिलियर्ससहित यी ५ क्रिकेटरको तलब

काठमाडौं- इण्डियन प्रिमियर लिग (आईपीएल)ले बीसीसीआई मात्र होइन कयौँँ खेलाडीलाई पनि मालामाल गरेको छ ।

आईपीएलको १३ सिजनबाट बीसीसीआईले करोडौँ रुपैयाँ कमाइसकेको छ ।

आईपीएलबाट कयौँ खेलाडी पनि धनी भएका छन् । आईपीएलबाट मात्रै धोनी, विराट, रोहित, डिभिलियर्सलगायत थुप्रै चर्चित खेलाडीले १ सय करोडभन्दा बढी कमाइसकेका छन् ।

यसैबीच, आज विराट, रोहित, धोनीसहित पाँच खेलाडीको बारेमा चर्चा गर्दै छौँ । यो सामग्रीमा उनीहरूको पहिलो र अहिलेको सिजनमा पाउने पारिश्रमिकको बारेमा जानकारी दिँदैछौँ :

१. विराट कोहली : भारतीय टिमका वर्तमान कप्तान विराट कोहलीलाई पहिलो पटक आईपीएलमा आरसीबीले आफ्नो टिममा समावेश गरेको थियो ।

आरसीबीले सन् २००८ मा विराटलाई १२ लाख भारुमा आफ्नो टिममा भित्र्याएको थियो ।

विराट २००८ देखि हालससम्म आरसीबीकै टिमबाट आईपीएल खेलरहेका छन् । उनी आईपीएलबाट सबैभन्दा कमाउने तेस्रो खेलाडी हुन् ।

अहिले विराट प्रत्येक सिजनमा आईपीएलबाट १७ करोड भारु पारिश्रमिक लिन्छन् ।

२. महेन्द्र सिंह धोनी : भारतीय टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनी सन् २००८ को आईपीएल अक्सनमा निकै चर्चामा थिए ।

सन् २००७ मा भारतलाई टी-२० विश्वकप जिताएकाले पनि अक्सनमा पनि उनको चर्चा शिखरमा थियो ।

धोनीलाई आईपीएलको पहिलो अक्सनमा चेन्नईले ६ करोडमा आफ्नो टिममा समावेश गरेको थियो । उनी पहिलेदेखि नै चेन्नईमा जोडिएका छन् ।

अहिले धोनी एक आईपीएल सिजनमा अक्सनमा १५ करोड भारु कमाउने गर्छन् ।

धोनीको कप्तानीमा चेन्नईले तीन पटक आईपीएलको ट्रफी जितेको छ । सन् २०२१ को आईपीएल सिजनमा पनि चेन्नईको कप्तानी धोनी नै सम्हाल्दै छन् ।

३. रोहित शर्मा : भारतीय टिमका उपकप्तान रोहित शर्मालाई आईपीएलको पहिलो सिजनमा डेक्कन चार्जसले ३ करोड भारुमा अनुबन्ध गरेको थियो ।

तीन वर्षपछि रोहितलाई डेक्कनले सन् २०११ को आईपीएल अक्सनमा रिलिज गरेको थियो । त्यसपछि उनी मुम्बईमा जोडिए ।

अहिले रोहित आईपीएल इतिहासकै सबैभन्दा सफल कप्तान बनेका छन् । उनको कप्तानीमा मुम्बईले पाँच पटक आईपीएल ट्रफी जितेको छ ।

रोहित अहिले आईपीएलको एक सिजनमा १५ करोड भारु पारिश्रमिक लिन्छन् ।

४. हार्दिक पाण्ड्या : अलराण्डर पाण्ड्या मुम्बई इण्डियन्सका एक महत्वपूर्ण खेलाडी हुन् ।

उनलाई मुम्बईले पहिलो पटक सन् २०१५ मा १० लाख भारुमा आफ्नो टिममा समावेश गरेको थियो ।

आईपीएलमा शाादार प्रदर्शन गरेर हार्दिकले भारतीय टिममा आफ्नो स्थान बनाएका थिए । अहिले उनी हरेक सिजनमा ११ करोड पाउँछन् ।

५. एबी डिभिलियर्स : साउथ अफ्रिकाका विस्फोटक खेलाडी एबी डिभिलिसले आजसम्म आईएलबाट १ सय करोडभन्दा बढी कमाइसकेका छन् ।

उनले आफ्नो आईपीएल करियरको सुरुवात दिल्ली क्यापिटल्सबाट गरेका थिए ।

एबीलाई आईपीएलको पहिलो सिजनमा दिल्लीले १ करोड २ लाखमा आफ्नो टिममा समावेश गरेको थियो ।

दिल्लीले उनलाई सन् २०११ को आईपीएल अक्सनमा रिलिज गरेको थियो । त्यसपछि भने उनी आरसीबीमा जोडिएका छन् ।

हालसम्म पनि उनी यही टिममा छन् । आरसीबीले उनलाई एक सिजनमा

Loading...