ऐतिहासिक म्याच खेल्दै नेदरल्याण्ड्स, यी खेलाडीले पाए टिममा मौका

काठमाडौं- नेदरल्याण्ड्स क्रिकेट टिमले आईसीसी क्रिकेट वर्ल्ड कप सुपर लिगमा डेब्यू गर्ने भएको छ । उसले आयरल्याण्डविरुद्ध खेल्दै वर्ल्ड कप सुपर लिगमा डेब्यू गर्न लागेको हो ।

यो लिगमा खेलेको प्रदर्शनका आधारमा टिमले २०२३ को एकदिवसीय विश्वकपमा छनोट हुने मौका पाउनेछ ।

सन् २०१७ मा भएको आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनशिपको उपाधि जित्दै नेदरल्याण्ड्स सुपर लिगका लागि छानिएको थियो ।

सुपर लिगमा भाग लिएका १३ वटा टिममध्ये नेदरल्याण्ड्स एक मात्र एसोसिएट टोली हो । १३ वटा टिममध्ये टप-७ मा रहेका टोलीले २०२३ को विश्वकप खेल्न पाउनेछन् ।

भारत भने आयोजक राष्ट्रका हैसियतामा विश्वकपमा छनोट भइसकेको छ ।

नेदरल्याण्ड्सले हालसम्म सुपर लिगका कुनै पनि म्याच खेलेको छैन । उसले आउँदो जुन २ तारिखमा आयरल्याण्डविरुद्ध सिरिज खेल्दै सुपर लिगमा डेब्यू गर्दैछ ।

नेदरल्याण्ड्सले घरेलु मैदानमा सुपर लिगअन्तर्गतको म्याच आयरल्याण्ड्सँग खेलिरहेको हो । यी दुई टिमबीचको दोस्रो म्याच जुन ४ र अन्तिम तथा तेस्रो म्याच जुन ७ तारिखमा हुनेछ ।

सो सिरिजका लागि आयरल्याण्ड क्रिकेट बोर्डले पिटर सीलारको कप्तानीमा १५ सदस्यीय टोली पनि घोषणा गरिसकेको छ ।

टिममा वैशाखमा नेपालमा त्रिकोणात्मक सिरिज खेलेका अधिकांश खेलाडी समावेश भएका छन् ।

नेदरल्याण्ड्सको टिम : पिटर सिलार, स्कट एड्रवार्ड, टोबेस भिसे, म्याक्सओ डोड, स्टेफेन माइवर्ग, बेन कुपर, बासडी लिडे, टिम भान डर गुग्टेन, लोगान भान बिक, फ्रेड क्लासेन, फिलिपे बोसेभेन, भिभियन किंग्मा, ब्राण्डन ग्लोभर, मुसा नदीम अहमद र सकिब जुल्फिकर ।

आयरल्याण्डको टोली : एन्ड्र्यू बलबर्नी (कप्तान), पउल स्टर्लिंङ, मार्क आदिर, गेरेथ डेलनी, जर्ज डकरेल, जोश लिटल, एन्ड्र्यू म्याकब्रिन, ग्रिम म्याककार्टर, ब्यारी म्याकार्थी, केभिन ओब्रियन, विलियम पोर्टरफिल्ड, सिमी सिंह, पउल स्टर्लिंङ, ह्यारी टेक्टर, लोर्कन टकर र क्र्याग योङ ।

Loading...