नेपाली टिमका लागि सोमपाल-करण कति महत्वपूर्ण? यस्तो छ हालसम्म दुवैको प्रदर्शन

काठमाडौं- वर्तमान समयमा नेपालका लागि करण केसी र सोमपाल कामी चर्चित अलराण्डरको रूपमा चिनिन्छन् ।

यी दुवै खेलाडी नेपालको लागि महत्वपूर्ण योगदान दिँदै आइरहेका छन् ।

करण र सोमपालले नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका छन् । यी दुवै खेलाडीले नेपाललाई धेरै महत्वपूर्ण म्याच जिताउन अहम् भूमिका खेलेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा सोमपाल र करणको एकआपसमा तुलना गर्‍यो भने आँकडा बराबर नै छ । दुवै खेलाडी नेपालका लागि उत्तिकै महत्वपूर्ण छन् ।

धेरै समयदेखि चर्चा भइरहेको छ कि सोमपाल र करणमध्ये नेपालका लागि उत्कृष्ट अलराण्डर को? यसैबीच, आज हामी सोमपाल र करणको अन्तर्राष्ट्रिय क्रिकेटको प्रदर्शनबारे चर्चा गर्दैछौँ :

करणले नेपालका लागि आजसम्म ९ अन्तर्राष्ट्रिय एकदिवसीय म्याचमा खेलेका छन् । जसमा उनले ९ वानडे म्याचको ७ पारीमा ४३ रन बनाएका छन् । वानडेमा करणकोे सर्वश्रेष्ट स्कोर १८ रन हो ।

त्यस्तै, करणले यो प्रारूपमा बलिङतर्फ १३ विकेट पनि आफ्नो नाममा गरेका छन् । उनको उत्कृष्ट बलिङ १५ रन खर्चेर चार विकेट लिनु हो ।

त्यस्तै, करणले नेपालका आजसम्म ३३ अन्तर्राष्ट्रिय टी-२० म्याच खेलेका छन् । जसमा उनले ३३ टी-२० म्याचको २० पारीमा २ सय २८ रन बनाएका छन् ।

अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा करणको उच्च स्कोर ४५ रन हो ।

त्यस्तै, करणले नेपालका लागिअन्तर्राष्ट्रिय टि-२० क्रिकेटमा बलिङमा पनि महत्वपूर्ण योगदान दिइरहेका छन् । उनले यो प्रारूपमा आजसम्म ४४ विकेट लिइसकेका छन् ।

करणको उत्कृष्ट बलिङ ४ विकेट लिएर १७ रन दिनु हो । उनी टी-२० मा सर्वाधिक विकेट लिने दोस्रो बलर हुन् ।

त्यस्तै, सोमपालले आजसम्म नेपालका लागि ६ अन्तर्राष्ट्रिय एकदिवसीय म्याच खेलेका छन । जसमा उनले ६ म्याचको ६ पारीमा १ सय ४६ रन बनाएका छन् । सोमपालको उच्च स्कोर ६१ रन हो ।

त्यस्तै, सोमपालले बलिङमा १३ वानडे विकेट लिएका छन् । उनको वानडे क्रिकेटमा उत्कृष्ट बलिङ ५ विकेट लिएर ३३ रन दिनु हो ।

त्यस्तै, सोमपालले आजसम्म नेपालका लागि ३३ अन्तर्राष्ट्रिय टी-२० म्याच खेलिसकेका छन् । जसमा उनले ३३ म्याचको २१ पारीमा २ सय २१ रन बनाएका छन् ।

तस्बिर : विशाल

अन्तर्राष्टिय टी-२० क्रिकेटमा सोमपालको उच्च स्कोर ४० रन हो ।

त्यस्तै, अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा सोमपालले आजसम्म ३१ विकेट लिएका छन् । उनको टी-२० मा उत्कृष्ट बलिङ ३ विकेट लिएर २० रन दिनु हो ।

करणले टी-२० मा २०१५ र वानडेमा २०१८ मा डेब्यू गरेका थिए । त्यस्तै, सोमपालले टी-२० मा २०१४ र वानडेमा २०१८ मा डेब्यू गरेका थिए ।

उमेरले करण २९ र सोमपाल २५ वर्षका भए ।

Loading...