एकै म्याचमा शतकसहित ४ विकेट लिने १५ क्रिकेटर (सूचीसहित)

काठमाडौं : क्रिकेटमा अलराण्डरको भूमिका महत्वपूर्ण हुन्छ । मानौँ कुनै पनि टिममा दुई वा तीन अलराण्डर हुन्छन् भने त्यो टोली बलियो मानिन्छ ।

कोही अलराउन्डर यस्ता हुन्छन् जो अलटाइम बलिङ पनि गर्छन् । टिम संकटमा परेको बेला कतिपय अलराउन्डर विकेट निकालेर म्याच पनि जिताउन सफल हुन्छन् ।

क्रिकेटको इतिहासमा धेरै यस्ता खेलाडी छन्, जसले ब्याटिङ/बलिङ दुबै गरेर टीमलाई जित दिलाएका छन् । यसैबीच, आज हामी एक वानडे म्याचमा शतकका साथै ४ विकेट लिने क्रिकेटरको बारेमा चर्चा गर्दैछौँ :

१. विव रिचर्ड्स : वेष्ट इण्डिजका पूर्व चर्चित खेलाडी विव रिचर्ड्सले १९८७ मा न्यूजिल्याण्डविरुद्ध एक म्याचमा ११९ रन बनाउँदै ५ विकेट पनि लिएका थिए ।

२. नाथन एस्टल : न्यूजिल्याण्डका पूर्व खेलाडी नाथन एस्टनले १९९७ मा एक वानडे म्याचमा १ सय १७ बनाउनुका साथै ४३ रन दिएर ४ विकेट पनि लिएका थिए ।

३. सचिन तेन्दुलकर : भारतीय टिमका पूर्वकप्तान सचिन तेन्दुलकरले १९९८ मा अष्ट्रेलियाविरुद्ध एक वानडे म्याचमा १ सय ४१ रन बनाउँदै ३८ रन दिएर ४ विकेट आफ्नो नाममा लिएका थिए ।

४. सौरव गौगुली : भारतीय टिमका पूर्वकप्तान सौरव गांगुलीले श्रीलंकाविरुद्ध खेलेको एक वानडे म्याचमा १ सय ३० रन बनाउँदै मात्र २१ रन खर्चिएर ४ विकेट लिएका थिए ।

५. सनथ जयसूर्या : श्रीलंकाका पूर्व खेलाडी सनथ जयसूर्याले २००३ मा अष्ट्रेलियाविरुद्ध एक वानडे म्याचमा १ सय २२ रन बनाउँदै ३९ रन दिएर ४ विकेट लिएका थिए ।

६. फीको क्लापेनवर्ग : नेदरल्याण्ड्सका पूर्व खेलाडी फीको क्लापेनवर्गले २००३ मा नामिबियाविरुद्ध एक वानडे म्याचमा १ सय २१ रन बनाउँदै ४२ रन दिएर ४ विकेट लिएका थिए ।

७. क्रिस गेल : वेष्ट इण्डिजका खेलाडी क्रिस गेलले २००३ मा जिम्बाब्वेबिरुद्ध एकै वानडे म्याचमा १ सय १२ रन बनाउनका साथै मात्र २४ रन दिएर ४ विकेट पनि लिएका थिए ।

८. शोएव मलिक : पाकिस्तानका पूर्वकप्तान शोएव मलिकले २००४ मा हङकङविरुद्ध एक वानडे म्याचमा १ सय १८ रन बनाउँदै मा १९ रन खर्चिएर ४ विकेट पनि लिएका थिए ।

९. पल कोलिङ्गवुड : इंल्याण्डका पूर्वकप्तान पल कोलिङ्गवुुडले २००५ मा बंलादेशविरुद्ध नटआउट १ सय १२ रन बनाउँदै ३१ रन खर्चिएर ६ विकेट लिएका थिए ।

१०. युवराज सिंह : भारतीय पूर्वअलराण्डर युवराज सिंहले २००८ मा इंग्ल्याण्डविरुद्ध १ सय १८ बनाउँदै ८ रन खर्चिएर ४ विकेट पनि आफ्नो नाममा गरेका थिए ।

११. तिलकरत्ने दिलशान : पूर्व श्रीलंकाका खेलाडी तिलकरत्ने दिलशानले एकै वानडे म्याचमा १ सय १८ रन बनाउँदै मात्र ४ रन खर्चिएर ४ विकेट पनि लिएका थिए ।

१२. शाकिबअल हसन : बंलादेशका पूर्वकप्तान शाकिब अल हसनले पनि एकै वानडे म्याचमा शतक बनाउँदै सो म्याचमा ४ भन्दा माथि विकेट पनि लिइसकेका छन् ।

१३. मोहम्मद हफीज : पाकिस्तानका खेलाडी मोहम्मद हफीजले एक वानडे म्याचमा १०३ रन बनाउँदै मात्र ४१ रन दिएर ४ विकेट पनि लिएका थिए ।

१४. रोहन मुस्तफा : यूएईका रोहन मस्ताफाले पनि एक वानडे म्याचमा १ सय रन बनाउँदै ४ विकेट पनि लिएका छन् ।

१५. अकिब इलियास : ओमानी क्रिकेटर अकिब इलियासले नेपालविरुद्ध एक वानडे म्याचमा १ सय ९ रन बनाउँदै ३६ रन खर्चिएर ४ विकेट पनि लिएका थिए ।

Loading...