आईपीएल : आरसीबीले बनाएका राम्रा/नराम्रा ३ कीर्तिमान

काठमाडौं- आईपीएलमा हालसम्म रोयल चैलेन्जर्स बैंग्लोर (आरसीबी)ले उपाधि जित्न सकेको छैन । उपाधि हात पार्न नसके पनि आरसीबीले आईपीएल विभिन्न कीर्तिमान भने आफ्नो नाममा लेखाएको छ ।

आरसीबीसँग एबी डिभिलियर्स र विराट कोहली जस्ता ब्याट्सम्यान छन् । यसैबीच आज आरसीबीले बनाएका राम्रा र खराब रेकर्ड बारेमा चर्चा गर्दैछौँ :

सबैभन्दा ठूलो लक्ष्य : क्रिस गेलले ६६ बलमा १७५ रनको विस्फोटक पारी खेलेका थिए । त्यो खेलमा आरसीबीले पूणे वारियर्स भारतविरुद्ध सर्वाधिक रन बनाउने कीर्तिमान बनाएको थियो ।

उक्त खेलमा गेलको विस्फोटक ब्याटिङको मद्दतमा आरसीबीले २० ओभरमा ५ विकेटको क्षतिमा २६३ रन बनाएको थियो ।

क्रिस गेलको उक्त पारी टी-२० क्रिकेट इतिहासको सबैभन्दा ठूलो इनिङ्स हो । कसैले पनि त्यो रेकर्ड तोडेको छैन । आरसीबीको २६३ रनको कीर्तिमान तोड्नु पनि धेरै गाह्रो छ, किनकि टी-२० क्रिकेटमा २५० भन्दा बढी रन विरलै बन्छ ।

न्यून स्कोर : आईपीएलमा आरसीबीले खराब रेकर्ड पनि बनाएको छ । आईपीएलमा आरसीबीको नाममा सबैभन्दा कम रनको कीर्तिमान पनि छ । २०१७ सिजनको आईपीएलमा केकेआरविरुद्ध आरसीबी टिम केवल ४९ रनमा अलआउट भएको थियो ।

सबैभन्दा ठूलो साझेदारी : आईपीएलमा सबैभन्दा ठूलो साझेदारीको रेकर्ड पनि आरसीबीको नाममा छ । २०१६ को आइपीएलमा विराट कोहली र एबी डिभिलियर्सले गुजरात लायन्सविरुद्ध दोस्रो विकेटका लागि २२९ रनको शानदार साझेदारी गरेका थिए ।

२०१५ मुम्बई इन्डियन्सविरुद्ध कोहली र डिभिलियर्सको जोडीले दोस्रो विकेटको लागि २१५ रनको अविजित साझेदारी गरेका थिए ।

Loading...