बंगलादेशविरुद्ध श्रीलंकाको फराकिलो जित, यी दुई खेलाडी बने जितका ‘हिरो’

काठमाडौं- बंगलादेशसँगको एकदिवसीय सिरिजको तेस्रो खेलमा श्रीलंका ९७ रनले विजयी भएको छ । यो जितसँगै श्रीलंका ‘क्लिन स्विप’बाट जोगिएको छ ।

तीन खेलको सिरिज यसअघि नै बंगलादेशले २-० ले जितेको थियो ।

तेस्रो खेलमा भने श्रीलंकाले दिएको २ सय ८७ रनको लक्ष्य पछ्याएको बंगलादेश ४२.३ ओभरमा १ सय ८९ रनमै अलआउट भयो ।

उसका लागि महमूदुल्लाहले ५३, मोसाद्दिक हुसनेले ५१, मुशफिकुर रहीमले २८, कप्तान तमिम इकबालले १७ र अफिफ हुसेनले १६ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा दुश्मन्था चामेराले उत्कृष्ट प्रदर्शन गरे । उनले ९ ओभरमा एक मेडनसहित १६ पाँच विकेट लिए ।

वानिन्दु हसरंगा, रमेश मेन्डिसले दुई/दुई र विनुरा फर्नान्डोले एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८६ रन बनायो ।

उसका लागि कप्तान कुशल परेराले शतकीय पारी खेले । उनले १२२ बलमा एक छक्का र ११ चौकासहित १२० रन बनाए ।

त्यस्तै, धनन्जय डिसिल्भाले अविजित ५५, धनुष्का गुणतिलकाले ३९, कुशल मेन्डिसले २२, वानिन्दु हसरंगाले १८ रनको योगदान दिए ।

बलिङमा तस्किन अहमदले चार र सोरीफल इश्लामले एक विकेट लिए । तीन खेलको सिरिजमा बंगलादेशले २-० ले अग्रता बनाएको छ ।

Loading...