सन्दीपआवद्ध नाइट राइडर्समा को-को छन् विदेशी खेलाडी? (सूचीसहित)

काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सीपीएल) को आसन्न संस्करणका लागि सबै टिमले खेलाडी अनुबन्धको काम सकाएका छन् ।

गएराति सम्पन्न प्लेयर ड्राफ्टपछि ६ वटै टिमले खेलाडी अनुबन्धको काम सकाएका हुन् ।

योपालि गयना अमेजन वारियर्सले १६ खेलाडी अनुबन्ध गरेको छ । बाँकी टिमले भने समान १७ खेलाडीसँग सम्झौता गरेका छन् ।

नवौं संस्करणको सीपीएल अगस्ट २८ तारिखदेखि सेप्टेम्बर १९ सम्म सेन्ट किट्स एण्ड नेभिसमा हुँदैछ ।

यो पटक पनि नेपाली लेगस्पिनर सन्दीप लामिछानेले सीपीएल खेल्दैछन् । उनी यो पटक ट्रीनबागो नाइट राइडर्स (टीकेआर)बाट सीपीएल खेल्न लागेका हुन् ।

टीकेआर गत वर्षको विजेता टिम पनि हो ।

सन्दीप चौथो पटक फरकफरक टिमबाट सीपीएल खेल्न लागेका हुन् । उनले यसअघि सेन्ट किट्स एण्ड नेभिस, बार्बाडोस ट्राइडेन्ट्स र जमैका तल्लावाजबाट सीपीएल खेलेका थिए ।

यो पटक पनि टीकेआरमा किरण पोलार्ड कप्तान छन् ।

टीकेआरमा विदेशी खेलाडीको रूपमा सन्दीपबाहेक न्यूजिल्याण्डका कोलिन मुनरो, श्रीलंकाका इशरु उडाना, जिम्बाब्वेका सिकन्दर राजा र अमेरिकाका अलि खान रहेका छन् ।

नाइट राइडर्सको पूर्ण टिम : किरण पोलार्ड, रवि रामपल, सुनील नारायण, कोलिन मुनरो, सन्दीप लामिछाने, डेरन ब्रावो, लेन्डल सिमन्स, खारी पियरे, ईसुरु उडाना, सिकन्दर रजा, एन्डरसन फिलिप, दिनेश रामदीन, टियान वेब्स्टर, अकेल हुसेन, जेडेन सेल्स, लियोनार्डो जूलियन र अली खान ।

Loading...