यी हुन् सन्दीपलाई मनपर्ने तीन विदेशी क्रिकेटर

काठमाडौं- नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने उत्कृष्ट स्पिनरमध्ये एक हुन् । उनी नेपालमा मात्र नभई विदेशमा पनि आफ्नो लोकप्रियता बढाउँदै छन् ।

सन्दीपले एकपछिअर्को विश्व चर्चित क्रिकेट लिग खेलिरहेका छन् । उनले भारतको आईपीएल, अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) देखि क्यानडाको ग्लोबल टी-२० लिग खेलिसकेका छन् ।

सन्दीप खेलमा व्यस्त हुने क्रिकेटरमध्ये एक भइसकेका छन् ।

क्रिकेटकै कारण उनको नेपालभन्दा बढी बसाई विदेशमै हुने गरेको छ । यद्यपि, गएको वर्षदेखि भने कोरोनाका कारण सन्दीपको बढी बसाई नेपालमै भइरहेको छ ।

कोरोनाका कारण प्रतियोगिता स्थगित भएपछि सन्दीप सामाजिक सञ्जालमार्फत् कहिलेकाहीँ आफ्ना समर्थकमाझ पनि आउने गरेका छन् । उनले फेसबुकमार्फत् आफ्ना समर्थकले सोधेको जवाफ दिने सक्दो प्रयास गर्छन् ।

यसैक्रममा सन्दीपले आफूलाई मनपर्ने विश्व क्रिकेटका लोकप्रिय तीन खेलाडीको नाम लिएका छन् । उनले नेपालभन्दा बाहिरका खेलाडीको नाम लिएका हुन् ।

सन्दीपले ब्याट्सम्यानमा भारतीय टिमका पूर्वकप्तान सचिन तेन्दुलकर र बलरमा अष्ट्रेलियन पूर्वस्पिनर शेन वार्न मनपर्ने गरेको बताए ।

अलराउन्डरतर्फ उनले आफूलाई बंगलादेश क्रिकेट टिमका अलराउन्डर शाकिब-अल हसन मनपर्ने गरेको बताए ।

Loading...