पारसलाई मनपर्ने दुई बलर र तीन ब्याट्सम्यान

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा अनुभवी अलराउन्डर पारस खड्काले आफूलाई मन पर्ने तीन ब्याट्सम्यानको नाम बताएका छन् ।

उनले क्रिकेटको तीन फर्म्याटमा आफूलाई सबैभन्दा मन पर्ने ब्याट्सम्यानको नाम बताएका हुन् । पारसले रुस्लान क्रिकेटको फेसबुक लाइभमा आफ्ना आफूलाई मनपर्ने ब्याट्सम्यानबारे बताए ।

पारसलाई टेस्ट क्रिकेटमा अष्ट्रेलियाका स्टिभ स्मिथ, एकदिवसीयमा भारतीय टिमका कप्तान विराट कोहली र टी-२० मा दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डीभिलियर्स मनपर्ने गरेको बताए ।

‘म जहिल्यै अष्ट्रेलिया क्रिकेटको समर्थक रहें । टेस्ट क्रिकेटमा स्टिभ स्मिथले ब्याटिङ गरेको साह्रै राम्रो लाग्छ । एकदिवसीयमा विराट अनि टी-२० मा डीभिलियर्स,’ पारसले लाइभमा भने, ‘यस्तै धेरै खेलाडी छन् । फास्ट बलरमा मिचेल स्टार्क, प्याट कमिन्सले आफ्नो राष्ट्रको लागि राम्रो बलिङ गर्दै आएका छन् ।’

Loading...