यी तीन भारतीय क्रिकेटर : जसले एक मात्र टी-२० म्याच खेल्न पाए

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेटमा म्याच खेल्न हरेक खेलाडीको सपना हुन्छ । धेरैले त्यो सपना पूरा पनि गर्छन् । तर, केही खेलाडी भने अथक मिहिनेतका कारण पनि अन्तर्राष्ट्रिय म्याचमा डेब्यू गर्न पाउँदैनन् ।

केही खेलाडीले मौका पाए पनि विविध कारणले लामो समयसम्म खेल्न पाउँदैनन् । यसैबीच, आज एक मात्र अन्तर्राष्ट्रिय टी-२० म्याच खेल्ने तीन भारतीय खेलाडीको चर्चा गर्दैछौँ :

दिनेश मोङ्गिया : दिनेश मोङ्गियाले पनि भारतका लागि एक मात्र टी-२० अन्तर्राष्ट्रिय म्याच खेले । उनले २००६ मा दक्षिण अफ्रिकाविरुद्ध टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए ।

दिनेशले डेब्यू म्याचमा ४५ बलमा चार चौका र एक छक्कासहित ३८ रन बनाएका थिए ।

यो खेलपछि उनी टी-२० अन्तर्राष्ट्रियमा देखिएनन् । दिनेशले भारतका लागि ५७ वानडे खेलेका छन् ।

सचिन तेन्दुलकर : सचिनले पहिलो टी-२० म्याच २००६ मा दक्षिण अफ्रिकाविरुद्ध खेलेका थिए । दिनेशसँगै टी-२० मा डेब्यू गरेका सचिनले पहिलो खेलमा १० रन बनाएका थिए ।

साथै, उनले एक विकेट पनि लिएका थिए । त्यसपछि भने सचिनले टी-२० अन्तर्राष्ट्रिय म्याच खेलेनन् ।

राहुल द्रविड : राहुलले टी-२० अन्तर्राष्ट्रियमा २०१३ मा डेब्यू गरेका थिए । उनले इंग्ल्याण्डविरुद्ध टी-२० डेब्यू म्याच खेलेका थिए । राहुलले डेब्यू म्याचमा २१ बलमा ३१ रन बनाएका थिए ।

उनले डेब्यू म्याचमै समित पटेलको एक ओभरमा लगातार तीन छक्का प्रहार गरेका थिए । उत्कृष्ट डेब्यूको बाबजुद पनि द्रविड यो म्याचपछि भने कहिल्यै पनि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा देखिएनन् ।

 

Loading...