धोनीको मनपर्ने दुई कुरा के-के हुन्? विराटले दिए यस्तो जवाफ

काठमाडौं : भारतीय क्रिक्रेट टिमका कप्तान विराट कोहली अहिले मुम्बईमा क्वारेन्टाइनमा छन्। इङ्ग्ल्यान्डको भ्रमणमा जानुभन्दा पहिले उनीसहित भारतीय टोलीलाई क्वारेन्टाइनमा राखिएको हो।

क्वारेन्टाइनमा रहेकै समयमा कोहलीले सामाजिक सञ्जालमा आफ्ना फ्यानहरूसँग निकै चाखलाग्दो कुरा गरेका छन्।

कोहलीलाई एक जना फ्यानले धोनीको मनपर्ने कुरा के-के हुन् भनेर प्रश्न गरे। त्यसको जवाफमा कोहलीले दुई शब्दमा लेखे, ‘विश्वास र सम्मान’।

कोहलीको जवाफ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। अर्का फ्यानले कोहलीलाई उनकी छोरी ‘वामिका’को बारे रोचक प्रश्नहरू पनि गरे, ‘वामिकाको अर्थ के हो र ऊ कस्तो छ? के हामी उसलाई भेट्न सक्छौं?’

यसको जवाफ जसमा सबैको हृदय जितेको छ। कोहलीले उनको प्रश्नमा लेखेका छन्, ‘वामिका माता दुर्गाको दोस्रो नाम हो। हामी दुवै श्रीमान/श्रीमतीले यो निर्णय गरेका छौँ कि सामाजिक सञ्जाल के हुन्छ भनेर हामी बुझ्दैनौं भने हामी हाम्रो छोरीलार्ई खुलासा गर्दैनौं।’

भारतीय टीम २ जूनमा इङग्ल्यान्ड भ्रमणको लागि प्रस्थान गर्नेछ। भारतीय टीम इङग्ल्यान्ड पुगेर फेरिा क्वारन्टाइनमा रहनेछ। क्वारन्टाइन अवधि पूरा गरेपछि अभ्यास सत्रमा भाग लिनछ।

भारतीय टीमले साउथम्प्टनमा न्यूजल्याण्डबिरूद्ध वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेल्नुपर्नेछ।

यो ऐतिहासिक खेल १८ देखि २२ जुन सम्म हुनेछ। कोहलीका लागि यो खेल कप्तानको रूपमा धेरै महत्वपूर्ण सावित हुने भएको छ।

Loading...