कोरानाले बुबा गुमाएका भुवनेश्वरमाथि फेरि अर्को संकट

काठमाडौं- भारतीय क्रिक्रेट टिमका महत्वपूर्ण लर भुवनेश्वर कुमारकी आमालाई अस्पताल भर्ना गरिएको छ। स्वास फेर्न समस्या भएपछि उनलाई आइतबार बिहान अस्पताल भर्ना गरिएको हो।

भुवनेश्वरकी आमा इन्द्रेशमा कोरोना संक्रमणको पुष्टि भएको छ। उनको उपचार मेरठको दयावती कोभिड अस्पतालमा भइरहेको छ।

चिकित्सक डा. पंकज शर्माको निगरानीमा उनको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जानएका छन् । सास फेर्न गाह्रो भएकोले उनलाई अक्सिजन दिइएको छ।

कोरोना संक्रमणबाट भुवनेश्वरका बुवाको केही दिनअघि मृत्यु भएको थियो। आमा इन्द्रेशको अवस्था पनि गम्भीर छ।

भुवनेश्वरकी आमाको स्वास्थ्य ३ मेदेखि खराब भएको पारिवारीक श्रोतले बताएको छ। सुरुमा उनको घरमै उपचार गरिएको थियो। तर, अवस्था नाजुक हुँदै गएपछि १ मेमा अस्पताल भर्ना गरिएको थियो।

भुवनेश्वरका बुबा किरणपालको २० मेमा मृत्यु भएको थियो। उनी कलेजो रोगसँग संघर्ष गरिरहेको थिए। ६३ वर्षीय किरणपालको मेरठस्थित आफ्नै निवासमा मृत्यु भएको हो।

भुवनेश्वरले भारतको लागि हालसम्म २१ टेस्ट खेलेका छन। जसमा उनले ३७ खेलमा ६३ विकेट लिएका छन्।

फाइल तस्बिर

भुवनेश्वरले चार पटक ५ विकेट लिने रेकर्ड पनि आफ्नो नाममा लेखाएका छन्। आफ्नो अन्तिम टेस्ट जनवरी २०१८ मा दक्षिण अफ्रीकाविरुद्ध खेलेका भुवनेश्वर पछिल्ला केही वर्षमा चोटका कारण म्याभ गुमाइरहेका छन् । गत वर्ष सेप्टेम्बरमा आईपीएलको क्रममा उनी घाइते भएका थिए ।

Loading...