यी तीन भारतीय ब्याट्सम्यान : जसले ‘गोल्डेन ब्याट’ जिते

काठमाडौं- प्रत्येक खेलाडीले विश्वकप क्रिकेटमा आफ्नो टीमको लागि खेल्ने सपना देख्छन्। भारतीय टीममा त झन् खेलाडीलाई टीममा स्थान बनाउन समस्या हुन्छ। भारतमा क्रिक्रेट खेलाडीको कमी छैन।

घरेलु क्रिकेटदेखि अन्तर्राष्ट्रिय स्तरसम्मका खेलमा भारतीय खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। तर, पनि कतिपय खेलाडीले विश्वकप खेल्ने मौका पाउँदैनन्। विश्वकपलाई खेलाडीले बढी प्राथमिकता दिएको पाइन्छ।

‘गोल्डेन ब्याट’ जित्नको लागि भएपनि खेलाडीहरूले उत्कृष्ट ब्याटिङ गर्छन्। बलरले ‘गोल्डेन बल’ जित्न बढी विकेट लिने प्रयास गर्छन्। भारतीय टीममा थुप्रै खेलाडीहरू छन् जसले विश्वकपमा आफ्नो प्रदर्शनबाट सबैलाई खुसी पारेका छन्।

भारतीय टीमले दुई पटक आईसीसी वानडे विश्वकपको उपाधि जितेको छ। भारतीले एकपटक भने  फाइनलमा हारको पनि सामना गरेको छ।  धेरै खेलाडीहरूले सबैभन्दा बढी रन बनाएर देश र टीमको नामकरण गरेका छन्।

आज हामी तीन त्यस्ता भारतीय खेलाडीहरूको चर्चा गर्दैछौँ, जसले विश्वकपमा सर्वाधिक रन बनाएर ‘गोल्डेन ब्याट’ जिते :

सचिन तेन्दुलकर

विश्वकप क्रिक्रेटमा भगवान कहलाइएका सचिन तेन्दुलकरले एकदिवसीय क्रिकेटमा थुप्रै इतिहास आफ्नो नाममा लेखाएका छन्। उनले सन् १९९६ को विश्वकपमा सबैभन्दा बढी रन बनाएका थिए।

सचिन तेन्दुलकरले यो विश्वकपमा ७ खेलमा ५२३ रन बनाएका थिए। यस अवधिमा सचिनको ब्याटबाट दुई शतक र तीन अर्धशतक बनेका थिए।

यो बिश्वकपमा उनले पहिलो पटक विश्वकपमा ‘गोल्डेन ब्याट’ जितेका थिए।  उनी ‘गोल्डन ब्याट’ जित्ने पहिलो भारतीय ब्याट्सम्यान हुन्।

सचिन दुई पटक गोल्डेन ब्याट जित्ने ब्याट्सम्यान हुन् । उनले सन् २००३ मा दक्षिण अफ्रिकामा खेलेको विश्वकपमा पनि सर्वाधिक रन बनाएका थिए ।


सो विश्वकपमा तेन्दुलकरले ११ खेलमा ६१२ रन बनाएका थिए। जुन एक रेकर्ड हो। उनले नामिबियाबिरूद्ध १५२ रन बनाएका थिए। तेन्दुलकरको ब्याटमा यो एक मात्र शतक थियो।

तर, उनले ६ अर्धशतक पनि बनाएका थिए। यद्यपि भारतीय टीम फाइनलमा अष्ट्रेलियासँग पराजित भएको थियो।

राहुल द्रविड

राहुल द्रविडलाई टेस्ट क्रिकेटमा ‘भित्ता’को रूपमा लिइन्छ। द्रविडले वानडेमा पनि राम्रो प्रदर्शन गरेका छन्। उनी आफूले ५० रन बनाएको समेत थाहा नपाउने खेलाडी हुन्।

द्रविडले सन् १९९९ को विश्वकपमा ‘गोल्डेन ब्याट’ जितेका थिए। यस अवधिमा द्रविडले ८ खेलमा ४६८ रन बनाएका थिए। उनको ब्याटबाट दुई शतक र तीन अर्धशतक बनेका थिए।

द्रविडले यस खेलमा १४५ रनको उत्कृष्ट पारी खेलेका थिए। यो विश्वकपमा तीन व्यक्तिगत उच्च स्कोरहरू सबै भारतीय खेलाडी गांगुली, द्रविड र सचिनका थिए। इङ्ग्ल्यान्डमा खेलेको यो विश्वकप द्रविडको लागि अविस्मरणीय रह्यो।

रोहित शर्मा

यो सूचीमा भारतीय टिमका उपकप्तान रोहित शर्माको नाम पनि छ । उनले सन् २०१९ को विश्वकपमा सर्वाधिक ६ सय ४८ रन बनाएका थिए ।

सो विश्वकपमा रोहितले ८ म्याचमा ६ सय ४८ रन बनाएका हुन् । त्यसक्रममा उनले पाँच शतक र एक अर्धशतक बनाएका थिए ।

Photo : Espncricinfo

सर्वाधिक रन बनाएका रोहितले २०१९ को विश्वकपमा ‘गोल्डेन ब्याट’ पाए । सो विश्वकप इंग्ल्याण्डले जितेको थियो । भारतीय टिम भने सेमिफाइनलबाटै बाहिरिएको थियो ।

Loading...