आईपीएल नजिकिएसँगै लयमा पाडिक्कल, बनाए लगातार दोस्रो शतक

काठमाडौं- रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)का लागि आईपीएल खेल्दै आएका ओपनिङ ब्याट्सम्यान देवदत्त पाडिक्कलले लगातार शतक बनाएका छन् । उनले घरेलु प्रतियोगिता विजय हजारे ट्रफीमा लगातार शतक बनाएका हुन् ।

पाडिक्कलले यो प्रतियोगितामा कर्नाटकको टिमबाट खेलिरहेका छन् । उनले शुक्रबार केरलाविरुद्ध १३८ बलमा १३ चौका र दुई छक्कासहित अविजित १२६ रन बनाए ।

यसअघि उडिशाविरुद्ध पाडिक्कलले १५२ रनको शानदार पारी खेलेका थिए । उनले लगातार दोस्रो शतक बनाएको खेलमा केरलाविरुद्ध कर्नाटक ९ विकेटले विजयी भयो ।

उसका लागि पाडिक्कलले अविजित १२६, कप्तान रविकुमार समर्थले ६२ र कृष्णमूर्ति सिद्धार्थले नटआउट ८६ रनको योगदान दिए । बलिङमा जलज सक्सेनाले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको केरालाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७७ रन बनायो ।

उसका लागि वात्सल गोविन्दले ९५, मोहम्मद अजहरउद्दिनले अविजित ५९, कप्तान सचिन बेबीले ५४, विष्णु विनोदले २९ र सद्दासन मिथुनले १३ रन बनाए ।

अनुभवी ब्याट्सम्यान रोबिन उथप्पा शून्य र सञ्जु सामसन भने कर्नाटकविरुद्ध तीन रनमै आउट भए । बलिङमा अभिमन्यू मिथुनले सर्वाधिक पाँच विकेट लिए ।

यो पनि : पारसलाई मनपर्ने दुई बलर र तीन ब्याट्सम्यान

Loading...